आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ फाल्गुण २ गते तद् अनुसार सन् २०२२ फरवरी १४ तारिख सोमबार माघ शुक्लपक्ष त्रयोदशी तिथि पुनर्वसु नक्षत्र ११ः५५ पर पुष्य नक्षत्र आयुष्मान योग कौलव करण १ः३५ पर गर करण आनन्दादिमा धुम्र योग, चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा र सूर्यास्त साँझ १७ः५३ मा हुनेछ ।
आजको राशिफल
मेष – व्यस्तता बढ्नेछ तर प्रयासरत काम बन्नेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रसरागमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
वृष – आरोग्यता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र र सन्तानसुख मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ । खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ ।
मिथुन – आर्थिक काममा सफलता प्राप्त हुनेछ । सुखशान्ति बढ्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा भने अलिक कमजोरी अनुभूति हुनेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, ध्यान दिनुहोला। परिवारिक काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ ।
कर्कट – हरेक क्षेत्रमा प्रगति हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । मान महत्व मिल्नेछ ।
सिंह – लगानी र दौडधुप बढ्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । तर ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । कठोर परिश्रमले काम बन्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।
कन्या – आयस्रोत बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउने र पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका छ । धन आर्जन हुने समय छ । गुमेको प्रतिष्ठा फिर्ता हुन सक्छ। सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला – धनको आगमन भैरहनेछ तर अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुmख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा ध्यान दिनुहोला । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।
धनु – मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । मित्रजनको सहयोग मिल्नेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नुहोला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नु परे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् ।
कुम्भ – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मान्यजनबाट आशीर्वाद प्राप्त हुनेछ । नातेदारहरुसँग असमझदारी उत्पन्न हुन सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधन चलाउँदा सावधान रहनुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। विवादबाट बच्नुहोला । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।
मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गरिरहेको काममा के्ही समस्या पर्न सक्छ । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ र प्रशंसकहरू बढ्नेछन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । मान र गौरवमा बढोत्तरी हुनेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।
















































