Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (४ फागुन २०७८ बुधबार, १६ फेब्रुअरी २०२२)

Author Avatar साझा न्यूज 16th February 2022 , 11:34 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ फाल्गुण ४ गते बुधबार तद्अनुसार सन् २०२२ फरवरी १६ तारख माघ शुक्लपक्ष पूर्णिमा तिथि अश्लेषा नक्षत्र १५ः३२ पर मघा नक्षत्र शोभन योग भद्रा करण ८ः३४ पर बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा १५ः३२ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः५५ मा हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानीव्रत समाप्ति, माघ स्नान समाप्ति, माघ यात्रा, झापा कीचकवध मेला ।

आजको राशिफल

मेष – आजको दिन त्यति शुभकारी देखिँदैन । यात्रामा सफलता मिले पनि व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आज गरिएको प्रयत्न निष्फल जस्तै होला । विगतका समस्या बल्झिन सक्छन् । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ ।

वृष – रसरागमा रुचि र व्यस्तता बढ्नेछ । मान महत्व बढ्ला । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – आजको दिन मिश्रित फलदायी छ । धनसम्पत्तिको आगमन भइरहने छ तर सानो उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । तथापि समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । हांसविलासमा रुचि बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ ।

कर्कट – खर्च र दौडधुप बढ्नेछ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नु पर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ। रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ ।

सिंह – ग्रहगोचर उन्नतिकारक रहला, सुख आरोग्यता बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुपर्ला । आश्वासन बाँड्नेहरूले आज झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । प्रेमको बन्धनमा कसिनेछ। सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।

कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । भागदौड बढ्ला । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ, होश राख्नुहोला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

धनु – वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । तथापि, काम अचानक बिग्रन सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । तर स्वास्थ्य कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । सहयोगको तत्परता देखाउनेहरु छवि खराब भएका व्यक्ति हुन सक्छन्, सजग रहनुहोला । शोख पूरा गर्नमा खर्च हुनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज