Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (६ फागुन २०७८ शुक्रबार, १८ फेब्रुअरी २०२२)

Author Avatar साझा न्यूज 18th February 2022 , 6:41 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण ६ गते तद्अनुसार सन् २०२२ फरवरी १८ तारिख शुक्रबार फाल्गुण कृष्णपक्ष द्वितीया तिथि पूर्वाफाल्गुणी नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४१ मा र सूर्यास्त साँझ १७:५६ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – वंशवृद्धि हुने र शुभ काममा सफलता प्राप्तिका साथै धन वृद्धि हुने योग छ । प्रेमभाव वृद्धि होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – बोलीको प्रभाव बढे पनि । विभिन्न अवसरले पछ्याउनेछन् तर पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । भागदौड बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा ध्यान राख्नुपर्नेछ ।

मिथुन – परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तथापि, सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । गीत संगीतमा आकर्षण बद्नेछ ।

कर्कट – ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । देखापरेको समस्याको समाधान खोज्नु हुनेछ, तर कठोर परिश्रमले । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा विचार पुर्याउनु होला ।

सिंह – आरोग्यता वृद्धि हुनेछ । कर्ममा रुचि बढ्ला । सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ , तर सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – वार्तामा ध्यान राख्नुपर्नेछ । धन मान महत्वमा कमी आउने छैन । नयाँ काममा हात हाल्ने समय छ । पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, बाध्यतामा अलमलिनु पर्दा काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहन सक्छ । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – शुभ काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । दिन रमाइलैसँग बित्ला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । अरूको फाइदाका लागि उपयोग भइएला । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वसँग भेट हुन सक्ने र ठूलै फाइदाको आश्वासन मिल्न सक्छ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – सुख सफलता बढ्नेछ । अन्नधनमा बृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । धन आर्जन गर्ने मौका छ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । सुख सुविधाको वस्तु बढ्नेछन् । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज