Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ फाल्गुण २०७८ सोमबार, २८ फरवरी २०२२)

Author Avatar साझा न्यूज 28th February 2022 , 6:40 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण १६ गते तद्अनुसार सन् २०२२ फरवरी २८ तारीख सोमबार फाल्गुण कृष्णपक्ष त्रयोदशी तिथि श्रवण नक्षत्र वरियाण योग गर करण आनन्दादिमा काण योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा र सूर्यास्त साँझ १८ः०३ बजेमा हुनेछ । सोमप्रदोषव्रत ।

आजको राशिफल

मेष – आफन्तको साथ प्राप्त हुनेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । तर काममा बाधा उपस्थित हुन सक्छ । ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । बौद्धिक र रचनात्मक काम भो बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – भाग्यबल बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ । अरुलाई गर्नु भएको बाचा पुरा होला । काम गर्नमा नै समय बिताएर मन खुशी नै रहे पनि सोचे जति लाभ भने हुने छैन । अन्य पक्ष सुखद रहला, समृद्धि बढ्नेछ । रसरागमा आकर्षण रहला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ र परिवारिक सुख प्राप्त होला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – भागदौड बढ्नेछ । कठोर परिश्रमले समस्याको समाधान प्राप्त हुनेछ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । जोखिममा नपर्नु हितकर हुनेछ । नियमकानुनलाई ध्यानमा राखेर काम गर्नु हितकर हुनेछ ।

कर्कट – मान पुरस्कार प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । रोकिएको धन प्राप्त हुनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । रचनात्मक काममा जुट्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा भने विचार पुर्याउनु होला ।

सिंह – आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । तर अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा खिन्नता बढ्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त होला ।

कन्या – वार्तामा ध्यान राख्नुपर्नेछ । आत्मसम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । काम गर्दा हैरानी बढ्न सक्छ । तथापि समस्याको समाधान मिल्नेछ । भागदौड बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनप्रति ध्यान राख्नुपर्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला

तुला – शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । रसरागमा रुचि बढ्नेछ । आयमा वृद्धि हुनेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व र बर्चश्व बढ्नेछ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनु होला, सामान्य रुघाखोकिले पनि सताउला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ, यात्रा पनि हुन सक्छ । आर्थिक पक्ष बलियो बन्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । जोखिममा नपर्नु बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज