Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फाल्गुण २०७८ बुधबार, २ मार्च २०२२)

Author Avatar साझा न्यूज 2nd March 2022 , 9:29 AM
२०७८ फागुन ३ गते मंगलबारको तपाईको राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ फाल्गुण १८ गते तद् अनुसार सन् २०२२ मार्च २ तारिख बुधबार फाल्गुण कृष्णपक्ष अमावश्या तिथि शतभिषा नक्षत्र शिव योग ५ः१८ पर साध्य योग गर चतुष्पाद करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १८ः०४ मा हुनेछ । दर्शश्राद्ध, हलो तथा निशी बार्ने ।

आजको राशिफल

मेष – आयस्रोत बढ्नेछ । प्रयारत काम बन्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । रसरागमा रुचि बढ्नेछ । आम्दानीको दिगो स्रोत जुट्न सक्छ। स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ। यसका बाबजुद बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला । सचेत रहनुहोला ।

वृष – कर्म वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त भए पनि पैत्रिक सम्पत्तिका विषयमा दाजुभाइबीच विवाद आउन सक्छ । लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । इष्टमित्र र सन्तानसुख मिल्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला ।

मिथुन – शुभ काममा सफलता प्राप्त हुनेछ । प्रसन्नताको समय छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ। एक्लोपनाको अनुभूति पनि हुन सक्छ । राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना लाग्ने जस्ता समस्या आउन सक्छन्, ध्यान राख्नुहोला । भागदौड बढ्नेछ । गौरव वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ ।

कर्कट – भागदौड बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्न सक्छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।

सिंह – आरोग्य र समृद्धि बढ्नेछ । रोकिएका काम बन्नेछन् । रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ। हासविलासमा आकर्षण बढ्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछ ।

कन्या – सफलता बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । सन्तानको सहयोग मिल्नेछ ।

तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्न सक्ने देखिन्छ । सुख समृद्धि मान पुरस्कार आदिमा बिघ्नबाधाको डर रहला । विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । परिश्रमबाट लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ, विचार राख्नुपर्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यवसाय विस्तार हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। तर ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बुद्धि(विवेकको उपयोग गर्न नसकिएला ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने छ । व्यवसायमूलक भ्रमण गर्ने समय छ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। गौरवमा बढोत्तरी हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज