आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ फाल्गुण २६ गते तद्अनुसार सन् २०२२ मार्च १० तारिख बिहीबार फाल्गुन शुक्लपक्ष अष्टमी तिथि रोहिणी नक्षत्र ११ः३३ पर मृगशिरा नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ ।
आजको राशिफल
मेष – आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाइको सहयोगका साथै धनलाभको पनि योग रहेको छ । व्यापार(व्यवसायमा लगानी बढाउने समय छ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । ख्याति फैलिनेछ ।
वृष – धन वृद्धि हुनेछ । मान महत्व बढ्नेछन् । व्यापारमा फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगति हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । शुभता बढ्नेछ । यात्रा हुनेछ । धनको आगमन भैरहने छ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – समय शुभ फलदायक रहनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आयस्रोत बढ्नेछ । आर्थिक काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आयस्रोत र आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धन भने नसोचेको हिसाबले खर्च हुन सक्छ । कतिपय काममा बाधा हुन सक्छ । तथापि वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
सिंह – धन मान सुख शान्ति बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटक वा हाड(जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ ।
कन्या – भाग्योदय हुनेछ । रोकिएको काम बन्नेछ । कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।। पारिवारिक जीवन सन्तोषप्रद रहने छ । यात्रामा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।
तुला – दौडधुप र व्यस्तता बढ्ला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान(सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । जोखिममा नपर्नुहोला ।
वृश्चिक – कार्यमा सफलता मिल्नेछ । आशा उत्साह वृद्धि होला । यसैक्रममा अवसर गुम्न पनि सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मान(सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – उन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । प्रेम गर्ने अवसरका साथै प्रेमसम्बन्ध विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बन्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाढडी आदिप्रति सचेत हुनुपर्नेछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।
















































