Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यस्ता छन् घिउकुमारीका फाईदा

Author Avatar साझा न्यूज 12th March 2022 , 3:01 PM
यस्ता छन् घिउकुमारीका फाईदा

एलोबेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पती हो, जो सहजै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ । यसलाई सानो गमलामा रोप्न सकिन्छ । हुर्काउन र स्यहार्नका लागि पनि खासै गाह्रो छैन । अर्थात हाम्रो निम्ति गुणकारी वनस्पती हो यो ।

घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ । यसमा केहि प्रकारको प्रोटिन र भिटामिन पाइन्छ । त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि ।

के पाइन्छ घिउकुमारीमा ?

घिउकुमारीमा भिटामिन ए, बि-१, बि-२, बि-६, बि-१२ र ई पाइन्छ । साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ । यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिंक, पोटाशियम, क्रोमियम, म्याग्नेशियम जस्ता तत्व पाइन्छ । यो प्राकृतिक रुपमा प्रभावशाली जडिबुटी हो ।

छालाको सौन्दर्य बढाउन

घिउकुमारीमा जे तत्व पाइन्छ, त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ । यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।

केसको लागि

घिउकुमारी एकदमै राम्रो मोश्चराइजर हो, जसले केसलाई घना र मुलायम बनाउँछ । यसले केसको पिएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ । घिउकुमारीमा हुने पोषण तत्वले केस बढ्न सहयोग गर्छ र र्झन दिँदैन ।

घिउकुमारी जेलमा कागतीको रस मिसाएर केसमा लगाउनुपर्छ । त्यसपछि २० मिनेट जति तातो तैलियाले केसलाई लपेट्ने । अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केस सफा गर्नुपर्छ । यो प्रक्रिया हरेक दुई हप्तामा दोहोर्‍याउनु पर्छ ।

दाँत र गिजाको लागि

घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोगाणुरोधी गुण हुन्छ, जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोसिकाको विकासमा सहयोग गर्छ । त्यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिदैन ।

पेटको लागि

घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ । घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ ।

१. घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिदैन । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

२. हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

३. छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ ।

४. घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

५. घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

६. घिउकुमारीको सेवन जो कोहिले गर्न सक्छन्, यसको साइड इफेक्ट छैन । घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पुरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ ।

७. तौल नियन्त्रण गर्नका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ ।

८. घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त राख्छ । यसलाई माउथ  पेशनरको रुपमा काम गर्छ ।

९. यसले केस झर्ने समस्याबाट पनि मुक्ती दिन्छ ।

१०. फेसवासको रुपमा समेत घिउकुमारी उपयोग गर्न सकिन्छ ।

११. घिउकुमारीको जुस नियमित रुपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ ।

१२. घिउकुमारीको जुसले मधुमेहमा पनि राहात मिल्छ । साथै कोलोस्टोर नियन्त्रणमा पनि यो प्रभावकारी हुन्छ ।

कसका लागि हानिकारक हुनसक्छ ?

घिउकुमारीको प्रयोग सबैका लागि फाइदाजनक हुँदैन । कतिपय अवस्थामा यसले नराम्रो असर पनि गर्छ । खासगरी गर्भवती र स्तनपान गराइरहेका महिलाले घिउकुमारीको जुस सेवन गर्नु हुँदैन । यो १२ बर्षभन्दा कम उमेरका बच्चाको लागि पनि असुरक्षित मानिन्छ ।

हृदय रोगीका लागि पनि घिउकुमारी जुस राम्रो मानिदैन । किनभने यसले शरीरमा एड्रेनालाइन अत्याधिक मात्रामा उत्पन्न गर्न सक्छ । यसले शरीरमा पोटाशियमको मात्रा पनि कम गर्छ, जसले मुटुको धड्कन अनियमित गराउन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज