आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ चैत्र ३ गते तद् अनुसार सन् २०२२ मार्च १७ तारिख बिहीबार फाल्गुण शुक्लपक्ष चतुर्दशी तिथि १३ः२८ पर पूर्णिमा तिथि पूर्वाफाल्गुणी नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा र सूर्यास्त साँझ १८ः१३ मा हुनेछ । फागु पूर्णिमा व्रत, राति भद्रान्तमा चीरदाह, पहाडी जिल्लामा होली, थकाली तोरन्ल पर्व ।
आजको राशिफल
मेष – प्रेमको क्षेत्रमा सफलता प्राप्त हुनेछ । प्रयारत काम बन्नेछ । टाढिएका आफन्तहरू नजिकिने छन् । विशेष सभा- समारोहमा भाग लिने मौका छ । मान पनि मिल्नेछ । परिवारिक सुख शान्ति बढ्नेछ । रसरागमा रुचि रहला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।
वृष – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । खर्चमा नियन्त्रण आउनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । लगानी वृद्धि हुनेछ । खर्च बढ्नेछ ।
मिथुन – आयमूलक काममा सफलता प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । मित्रसुख र शान्ति–समृद्धि बढ्नेछ । परिवारिक काममा सफलता मिल्नेछ । गौरव वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।
कर्कट – कर्म बढ्नेछ तर कतिपय कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । व्यवसायमा केही उतारचढाव आउला । यश वर्चश्व वृद्धि हुनेछ । सुख समृद्धि बढ्नेछन् । हाकिमको साथ प्राप्त हुनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – भाग्य वृद्धि हुनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने छ । विलासमा आकर्षण बढ्नेछ । यात्रा होला । परिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या – काममा सफलता प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मिठो भोजन मिल्नेछ । यात्रा होला । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ ।
तुला – धनको आगमन भैरहनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । समस्याको समाधान मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुकै भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – बल बढ्ला । छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान हुने नै छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला ।
धनु – धर्म पथमा सफलता मिल्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछन् ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ ।
कुम्भ – यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । धैर्यले काम लिने समय छ ।
मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । तर दाम्पत्य सम्बन्धमा केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।
















































