आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर वसन्त ऋतु वि.सं.२०७८ चैत्र १३ गते तद्अनुसार सन् २०२२ मार्च २७ तारिख आइतबार चैत्र कृष्णपक्ष दशमी तिथि उत्तराषाढ़ा नक्षत्र शिव योग वणि करण ३ः५१ पर बब करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२ मा भयो र सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ ।
आजको राशिफल
मेष – समय शुभकारी छैन । श्रमअनुसारको मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । उच्चाधिकारीको साथ भने प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । नयाँ काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ख्याति फैलिनेछ ।
वृष – शुभता वृद्धि हुनेछ । मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । यात्रा हुनेछ । धनको आगमन भइरहने छ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – समय फलदायक रहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आर्थिक काममा लाग्नु हितकर हुनेछ ।
कर्कट – दिन उत्साहपूर्ण रहनेछ । आयस्रोत र आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुखसुविधाको वस्तु बढ्नेछ । सभा–समारोहमा मान मिल्नेछ । धनको आगमन भैरहनेछ ।
सिंह – धन मान बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछन् । चिताएको काम सजिलै सम्पादन हुनेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक काममा रुचि बढ्ला ।
कन्या – रोकिएको काम बन्नेछ, तर विवादमा पर्नुबाट बच्नुपर्ला । सुख समृद्धि बढ्नेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भाग्योदय हुनेछ । यात्रामा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।
तुला – भागदौड व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।
वृश्चिक – कार्यमा सफलता मिल्नेछ । आशा उत्साह वृद्धि होला । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । तथापि, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीको काम बन्नेछ । यात्रापरक कार्यमा सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्नेछ ।आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – उन्नति पदोन्नति होला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ। आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । भोग विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । उत्साह बढ्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनुहोला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।
















































