Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आज तपाईको राशिफल कस्तो छ(२१ चैत २०७८ सोमबार)

Author Avatar साझा न्यूज 4th April 2022 , 8:31 AM

२१ चैत २०७८ सोमबार । तद्नुसार अप्रिल महिनाको ४ तारिक २०२२ । चैतशुक्लपक्ष तृतीया, गर करण, भरणी नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा मेष राशिमा छ । आज बिहान सूर्योदय ५ः५४ मा भएको छ भने सूर्यास्त १८ः२२ मा हुनेछ ।

आज बिहान ७ः२६ देखि ९ः०० बजेसम्म राहुकाल छ । त्यस्तै ११ः४२ देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ । राहुकाल भएको समयमा शुभकार्य  गर्न हुँदैन भने अभिजित मुहूर्त भएको समयमा शुभकार्य गर्दा फल प्राप्त हुनेछ ।

सोमबारको दिन शिवालय यात्रा फलदायी हुनेछ । शिवालयको यात्रा गर्दा मनमा प्रसन्नता छाउने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा सफलता मिल्ने छ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुने छ । चन्द्रमाको साथ छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईंको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम सम्पादन गर्न सक्नु हुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको मनमा अनेक कुरा खेल्ने छ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईंमा खुसीयाली छाउने छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउन सक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नु होला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुन सक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने छ । यात्राका समस्या हुन सक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मनमा चिन्ता र भय उत्पन्न हुने छ । तपाईंका कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुने छ । कन्या राशिका जातकले आज स्त्री जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । आजको दिन केही आर्जित धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजले आजका दिन सुरु गरेका काम सफल हुने छन् । तपाईंको कार्यमूलक यात्रा हुने छ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नु होला । तपाईंलाई सफलता हात लाग्ने छ । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : चन्द्रमाको दृष्टिका कारण आज वृश्चिक राशिका जातकले सोचअनुसार काम हुने छ । तपाईंले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्ने छ । आजको दिन तपाईंले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्ने छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनलाभ हुने छ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुने छ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन शिवालय यात्राले मनमा प्रसन्नता छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गरेको कामबाट सम्मान मिल्ने छ । तपाईंलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुने छ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउने छ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुने छ । आजको दिन आफ्नो काममा मात्र ध्यान दिनु उत्तम हुने छ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुने छ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्ने छ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्ने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : स्वास्थ्यमा सुधार हुनेछ । मनमा प्रसन्नता छाउने छ । लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्ने छ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज