श्रीशाके १९४३ नेपाल सं. ११४२ नलनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७८ चैत्र २२ गते तद्अनुसार सन् २०२२ अप्रिल ५ तारिख मंगलबार चैत्र शुक्लपक्ष चतुर्थी तिथि कृतिका नक्षत्र प्रीति योग बब करण आनन्दादिमा गद योग, चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः२३ बजे हुनेछ । मंगलचौथी व्रत ।
आजको राशिफल
मेष – शुभकारी दिन छ । आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइने छ । आयआर्जनको लागि राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह आउने देखिन्छ । व्यस्तता बढे पनि ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।
वृष – शुभता वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । मन प्रसन्न रहनुका साथै सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मिथुन – आजको दिन सोचसमझका साथ व्यवहार गर्नुपर्ला । कसैसँग अनावश्यक झगडा र डरको सम्भावना रहेकाले सावधान रहनुहोला । हातहतियारबाट जोगिनुपर्ने दिन छ । आफ्ना विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आर्थिक पक्ष राम्रै रहला । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि भने विजय प्राप्त हुनेछ ।
कर्कट – साथीभाइ सहयोगी रहे पनि काममा अपजश मिल्न सक्छ । कार्यालयको काममा मन नजानाले जिम्मेवारी अधूरै रहने सम्भावना छ । मान(सम्मानमा आघात पर्ने देखिन्छ । आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन । आरोग्यता चाहिँ वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
सिंह – धन मान बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछ । चल(अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ ।
कन्या – रोकिएको काम बन्नेछ । तपाईंलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । सार्थक काममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । यात्रामा आकर्षण बढ्नेछ ।
तुला – भागदौड व्यस्तता बढ्नेछ । गरेका काममा सफलता नमिल्ने देखिन्छ । अनावश्यक ठाउँमा धनको नाश होला । स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।
वृश्चिक – कार्यमा सफलता मिल्ने दिन छ । अधुरा कार्य पूरा हुने तथा आँट गरेको काम पूरा हुने समय छ । धनजनको पनि लाभ होला । कामहरु आज सजिलै बन्नेछन् । कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । आशा उत्साह वृद्धि होला । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । काममा लागिपर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुहोला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता प्राप्त होला ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । मनमा दुविधा रहने देखिन्छ । निको भइसकेको रोगले पुनः सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । भोगविलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्नेछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईंले अरुलाई गर्नुभएको बाचा पूरा हुने दिन छ । काम गर्नमा समय बिताए मन खुशी हुने छ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । रोकिएका काम पूरा हुनेछ भने घरपरिवारको स्थिति अनुकूल रहला ।
















































