आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ चैत्र २४ गते बिहीबार तद्अनुसार सन् २०२२ अप्रिल ७ तारिख चैत्र शुक्ल पक्षको षष्ठी तिथि मृगशिरा नक्षत्र सौभाग्य योग ७ः१ पर शोभन योग कौलव करण ०ः५ पर गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृष राशिमा ८ः२ सम्म अनि मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । दिन शुभकारी छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन् । यश वर्चश्व वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । यसका अलावा आशा र उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान प्राप्ति हुनेछ ।
मिथुन – समय शुभ फलदायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । कसैबाट समर्थन एवम धन पाइने दिन छ । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – व्यस्तता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ ।आज अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । परिवारबाट सुखको अनुभूति पनि मिल्ला । कठोर परिश्रमले काम बन्नेछ । विलासमा आकर्षण बढ्नेछ ।
सिंह – धनलाभको योग छ । आज मनोरञ्जनपूर्ण ढंगले दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
कन्या – भागदौड व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । सामान्य रोगले सताउला सावधान रहनुहोला । भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । कठोर परिश्रमले काम बन्नेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।
तुला – बिग्रन लागेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, प्रेमबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हितकर होला । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । विलासमा आकर्षण बढ्नेछ ।
धनु – दोडधुप बढे पनि धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नया कामसम्बन्धी योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापार(ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला ।
मकर – काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । व्यस्त रहनुहुनेछ ।
मीन – आरोग्यता बढ्ला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । शुभ काममा भाग लिनुहुनेछ । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । पराक्रम बढ्नेछ ।
















































