आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७९ बैशाख २ गते शुक्रबार तद्अनुसार सन् २०२२ अप्रिल १५ तारिख चैत्र शुक्लपक्ष चतुर्दशी तिथि उत्तराफाल्गुणी नक्षत्र ८ः५८ पर हस्ता नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । भ.पु.महाकाली महालक्ष्मी यात्रा, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा ।
आजको राशिफल
मेष – जीवनबल बढ्नेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – प्रेमभाव र रचनात्मकता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । तर दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आमोदप्रमोदमा रुचि बढ्ला । इष्टमित र सन्तानको सुख प्राप्त हुनेछ ।
मिथुन – मनोकूलको काम बन्नेछ । तर लाभप्राप्तिका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । आर्थिक कार्यमा आकर्षण बढ्नेछ । आफन्तमिलन होला । सन्तानसुख मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रासित सम्बन्धित कार्य बन्नेछन् । आशा उत्साह बढ्नेछ ।
कर्कट – समय राम्रै छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।
सिंह – भाग्यले साथ दिनेछ । मान महत्व बढ्नेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिएला, ध्यान राख्नुस् । आर्जित धन तत्काल खर्च हुन सक्छ । तर समस्याको समाधान मिल्ला । आरोग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनु पर्दा काम रोकिन सक्छ । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ ।
तुला – रचनात्मक काम सुरु गर्ने समय छ । उत्साह वृद्धिका साथै पारिवारिक सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढाउनुपर्नेछ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट सावधान रहनुहोला, । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
धनु – सोचेको काम सफलतापूर्वक सम्पन्न होला । पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । सम्पत्ति बढ्नेछ ।
मकर – सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयबर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – नियमित काममा सफलता मिल्नेछ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ ।
















































