Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ वैशाख २०७९ मंगलबार, २६ अप्रिल २०२२)

Author Avatar साझा न्यूज 26th April 2022 , 10:53 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक सम्वत्सर वसन्त ऋतु वि.सं. २०७९ वैशाख १३ गते तद्अनुसार सन् २०२२ अप्रिल २६ तारिख मंगलबार वैशाख कृष्णपक्षको एकादशी तिथि शतभिषा नक्षत्र ब्रम्हा योग बब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः३१ मा भयो र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ । स्मार्तहरुको बरुथिनी एकादशी व्रत ।

आजको राशिफल

मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुप रहनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । सुखशान्ति बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । प्रसिद्धि फैलिनेछ ।

वृष – शुभता वृद्धि हुनेछ । मान महत्व बढ्ला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । यात्रा हुनेछ । धनको आगमन भैरहने छ । समस्याको समाधान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तापनि अरुको भलाइ हुने काम गर्न सकिनेछ । काममा रोकावट र कम मात्र फाइदा हुने समय छ । धनसम्पत्ति वृद्धि होला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । आर्थिक काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट – रसरागमा आकर्षण बढ्नेछ । भागदौड पनि बढ्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ ।

सिंह – धन मान बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मनोकूलको काम बन्नेछ ।

कन्या – रोकिएको काम बन्नेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । सुख समृद्धि बढ्नेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । भाग्योदय हुनेछ । यात्रामा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – भागदौड व्यस्तता बढ्नेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउने छ। खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।

वृश्चिक – कार्यमा सफलता मिल्न योग छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ सम्भावना देखा परेर आशा उत्साह वृद्धि होला । सुखको वस्तु बढ्ने सम्भावना छ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

धनु – धन मान साहस बढे पनि केही अवसर फुत्कन सक्छ, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

मकर – कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । तथापि, प्रयासरत काम बन्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । मनोकूलको काम बनेर मन प्रशन्न रहला । आरोग्यता बढ्ला । सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ – खर्च बढ्नेछ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। साझेदारीसित सम्बन्धित काम भने बन्नेछ । भोग विलासमा आकर्षण बढ्ला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । आशा उत्साह बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज