आजको पञ्चाङ्ग
आजको पञ्चाङ्ग–श्रीशाके १९४४वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४२वि.सं.२०७९वैशाख१५गते बिहीबार तद्अनुसार सन् २०२२अप्रिल२८तारिख वैशाख कृष्णपक्षको त्रयोदशी तिथि उत्तराभाद्रपद नक्षत्र वैधृति योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान५÷२९मा भयो र सूर्यास्त सांझ१८÷३५मा हुनेछ । प्रदोष व्रत ।
आजको राशिफल
मेष – ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । रोकिएका काम दोहोर्याएर गरे सफलता प्राप्त हुनेछ । आजको दिन जोखिम मोल्ने काम गनगर्दा उचित रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – मान-महत्व बढ्नेछ । आशा उत्साह थपिएला । विभिन्न अवसरले पछ्याउने योग रहे पनि व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्य कमजोर रहेको आभास होला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउनसक्छ, सचेता भइ व्यवहार गर्नुहोला । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मिथुन – समय मिश्रित फलदायक रहनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । नयाँ सम्भावना देखापर्ने छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । समृद्धि बढ्नेछ ।
कर्कट – व्यस्तता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । कठोर परिश्रमले काम बन्नेछ । रसरागमा भने आकर्षण बढ्नेछ ।
सिंह – आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यस्तता बढ्नेछ । सफलताको दर बढ्नेछ ।
कन्या – भागदौड व्यस्तता बढ्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ । जोखिममा नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।
तुला – प्रेमबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । तर लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हीतकर होला । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । लगानी वृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु – धनको आगमन भैरहनेछ । भागदौड वद्धि हुनेछ । केही समस्या निम्तिए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हितकर रहला ।
मकर – आशा उत्साह बढ्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विभिन्न उपहार प्राप्त होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ – प्रयासरत काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।
मीन – आरोग्यता बढ्ला । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ। मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । शुभ काममा भाग लिनुहुनेछ । शुभ काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।
















































