नेपाली काँग्रेस विजयनगर गाउँ पालिकाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसले वडा नं.७ का वडाध्यक्ष पदका उम्मेदवार दीपेन्द्र सिंह चौधरी “बब्बु” लाई अगाडि बढाएको छ ।
यसैगरी सदस्यहरुमा महिलातर्फ बिद्यावति खटिक, पुरुष तर्फ राम सजीवन चौधरी, दलित महिला तर्फ कलावती कोरी र अर्को पुरुष सदस्यमा राम किशोर तेलीलगायतकाे संयुक्त टीम घरदैलाे गरिरहेका छन् ।
घरदैलो अन्तर्गत बिजयनगर गाउँ पालिका वडा नं.७ का विभिन्न गाउँ – घर लगायत घरदैलो गरीएको अध्यक्ष पदका उम्मेद्वार चौधरीले जानकारी गराउनुभयाे ।
घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले अध्यक्ष चौधरी लगायतको टिमलाई स्वागत समेत गरिरहेकाे सदस्य पदका उम्मेदवार राम सजीवन चौधरीले जानकारी गराउनुभयाे ।घरदैलोमा स्थानिय वडा बासीहरुको आफुप्रतिको विश्वासलाई हेर्दा विजय सुनिश्चित भएको अध्यक्ष पदका उम्मेदवार चौधरीले बताउनुभयाे ।
















































