Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २२ वैशाख २०७९ बिहीबार

Author Avatar साझा न्यूज 5th May 2022 , 6:29 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७९ वैशाख २२ गते बिहीबार तद्अनुसार सन् २०२२ मे ५ तारिख वैशाख शुक्लपक्षको चतुर्थी तिथि ७ः४५ पर षष्ठी तिथि आर्द्रा नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः३९ मा हुनेछ । आद्यजगत्गुरु शंकराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती ।

आजको राशिफल

मेष – स्वास्थ्य प्रतिकुल रहन सकछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजन र सन्तानको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ ।

वृष – आजको दिन हठ गर्नु उपयुक्त नहोला । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बौद्धिक र सृजनात्मक काम होला । भागदौड व्यस्तता बढ्नेछ । कार्यगति बढ्ला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । उत्साह बढ्नेछ । रोकिएको काममा सफलता प्राप्त हुनेछ । सुख प्राप्त हुनेछ ।

कर्कट – जोखिममा नपर्नु हितकर हुनेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला ।

सिंह – परिवारिक सुख बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । इष्टमित्र र सन्तानको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ ।

कन्या – थोरै उपलब्धिको लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ । वार्तामा भने सफलता मिल्नेछ । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । व्यस्तता बढ्नेछ ।

तुला – यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । सन्ततिसुख बढ्नेछ ।

वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी भेट्नेछ । आयस्रोत बढ्ला ।

मकर – सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बनिरहला । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज