Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल २३ वैशाख २०७९ शुक्रबार

Author Avatar साझा न्यूज 6th May 2022 , 6:26 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ बैशाख २३ गते तद् अनुसार सन् २०२२ मे ६ तारिख शुक्रबार वैशाख शुक्लपक्षको पञ्चमी तिथि ९ः४८ पर षष्ठी तिथि आर्द्रा नक्षत्र ७ः०९ पर पुनर्वसु नक्षत्र धृति योग कौलव करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ ।

आजको राशिफल

मेष – साहसिक काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । रसरागमा रुचि पनि बढ्ला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र कार्य बन्नेछ । सुख सन्तति धन यश ईष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्यर्व बढ्ला ।

वृष – रोकिएका काम आज सम्पादन हुनेछन् । मान महत्व, यश, वर्चश्व वृद्धि हुनेछन् । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहला । धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । कसैसँग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । समयलाई सदुपयोग गर्नु हितकर हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

मिथुन – रोकिएका कामका साथै परिवारिक काममा सफलता मिल्नेछ । लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ ।

कर्कट – भागदौड बढ्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ ।

सिंह – धन वृद्धि हुनेछ चने आरोग्यता पनि बढ्नेछ । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । हासविलासमा आकर्षण बढ्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् ।

कन्या – काममा सफलता प्राप्त भए पनि स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समय नाश हुने सम्भावना छ । व्यस्तता बढ्नेछ तर आर्थिक पक्ष सबल छ । मिठो भोजन मिल्नेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ ।

तुला – पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनरअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला ।

धनु – धार्मिक पथमा सफलता मिल्नेछ । मनोकुलको काममा सफलता मिल्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जनपूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका या प्रेमीसँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । साझेदारीको काम बन्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज