कपिलबस्तु, बैशाख २७ । नेपाली कांग्रेसबाट यशोधरा गाँउपालिकाको अध्यक्षमा उम्मेदवार बनेका अनुप कुमार पाण्डेयले आफु विजयी भए भने गाँउपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर सहित एम्बुलेन्स सेवा दिने बताउनु भएको छ ।
यशोधरा गाँउपालिकाको आठ वटा वडा मध्ये वडा नं. २ गौरी र वडा नं. ५ बैदौलीमा मात्र बर्थिङ सेन्टर रेहेको बताउनु भएको छ । त्यस्तै वडा नं. ५ मा एक वटा एम्बुलेन्स रहेको समेत उहाँले बताउनु भयो ।
















































