Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (३ जेठ २०७९ मंगलबार, १७ मे २०२२)

Author Avatar साझा न्यूज 17th May 2022 , 6:41 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ ३ गते मंगलबार तद्अनुसार सन् २०२२ मे १७ तारिख ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि ८ः७ पर द्वितीया तिथि अनुराधा नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा बज्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ बजे भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन दौडधुप वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइने छ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । शत्रुसित लड्ने क्षमता बढ्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । सुख समृद्धि बढ्नेछ ।

वृष – आरोग्यता बढ्नेछ । रसरागमा मन जाला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – धेरै परिश्रमबाट थोरै मात्र लाभ मिल्ने समय छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । यसका बाबजुद प्रेममा आकर्षण बढ्नेछ । व्यस्तता पनि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

कर्कट – प्रेमभाव र सुख बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । तर मान सम्मान मिले पनि मनमा डर रहने छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ ।

सिंह – दिन सुखमय बित्ने देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कन्या – ग्रहगोचर मिश्रित फलदायक रहला । कार्यमा सफलता मिल्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – आज अनावश्यक झमेलामा पर्ने र केही हानि पनि हुन सक्छ, सावधान रहनुहोला । केही विरोध र आँटेको काम अवरुद्ध बन्न सक्छ । रसरागमा भने रुचि बढ्नेछ । कठिनाइका बाबजुद समस्याको समाधान मिल्नेछ । सन्तानको साथ मिल्नेछ । आज अरुको भर नपरी काम गरेकै बेस होला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । पुराना साथिसंगी संग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । आजको दिन जोखिमयुक्त काममा भने हात नहालेकै राम्रो ।

धनु – आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मित्रजनको साथ मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् तर मानहानि वा अपजशको सम्भावना पनि छ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ र मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्न सक्छ, सावधान रहनुहोला । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस राख्नुहोला । उनु होला । प्रयत्न गर्दा समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता र सन्ततिसुखको योग छ ।

मीन – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज