चुनावको मुखमा जसपा प्रवेश गरेका कपिललस्तु नगरपालिकाका जसपा नेपालको तर्फबाट मेयर पदको उम्मेदवार बनेका सुदीप पौडलको जित सुनिश्तित देखिएको छ । पछिल्लो परिणाम अनुसार कुल ३१ हजार २४७ मत गण्ना हुदा २ हजार५२६ मत अन्तरले उनी अघि छन ।
कपिलवस्तु नगरपालिकाको १२ वडा मध्ये १० वटाको मतगणना कार्य संपन्न भई सकेको छ । अहिले वडा नम्बर ६ को मतगणना जारी छ । त्यस पछि वडा नम्बर ७ को मत मत्र गन्न बाकी छ । नगरपालिकामा खसेको कुल मत ३५ हजार ६१३ मध्ये ५४ हजार ३६८ मत मात्र गन्न बाकी छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार कपिलवस्तु नगरपालिकाको मत परिणाम बुधवार साझ सम्म आउने देखिएको छ ।
पौडलले १० हजार ५१६ जसपका पौडललाई एमालेका राजेश कुमार गुप्ताले पछाईरहेका छन । तर उनी पौडल भन्दा २ हजार ५२६ मतले पछि छन । .उनले ७ हजार ९९० मत पाएका छन । यस्तै कांग्रेस किरण सिंहले ६ हजार २२१ मत मात्र पाएका छन । वडा नम्बर ६ र वडा नम्बर ७ मा एमाले कांग्रेस जसपा र माओबादी केन्द्रको मत बाडिने भएकाले अहिलेको अग्रतालाई काटन मुस्किल पर्ने देखिएको छ ।
जसपाका पौडलको जीत सुनिश्चि जस्तै देखिएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । मेयरमा पौडलको जीत निश्चित देखिए पनि उप मेयरमा एमालेकी तुलसा पाण्डेय गैर र जसपाकी सुनिता गुप्ता बिच कडा टक्कर जारी छ । गैरेले ८ हजार ५३२ मत पाएकी छिन । जसपाकी गुप्ताले ८ हजार ३३१मत पाएकी छिन । वडा नम्बर ६ को मतगणना संपन्न हुदा एमालेकी गैरले ३ सय बढीले अग्रता कायम राखे उनले जित्ने संभावना देखिन्छ । कपिलवस्तु नगरपालिकामा कांग्रेसले ५ वटा वडा, एमालेले ३, जसपाले २ वडाध्यक्षमा जितेका छन ।
















































