Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असार २०७९ सोमबार, ४ जुलाइ २०२२)

Author Avatar साझा न्यूज 4th July 2022 , 6:29 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ २० गते तद्अनुसार सन् २०२२ जुलाइ ४ तारिख सोमबार आषाढ शुक्ल पक्षको पञ्चमी तिथि १४ः४७ पर षष्ठी तिथि मघा नक्षत्र ६ः१५ पर पूर्वाफाल्गुणी सिद्ध योग कौलव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन तपाईंको बर्चस्व बढ्नेछ । तपाईंले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा पनि प्रगति होला । प्रेममा सफलता प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । दाजुभाइको सहयोग प्राप्त होला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – भागदौड बढे पनि पारिवारिक समस्याको समाधान मिल्नेछ । आज नयाँ काम र जिम्मेवारी हात पर्ला । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ । मान मिल्ला, ऐश्वर्य बढ्नेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – शुभता वृद्धि हुनेछ । सुख आनन्द प्राप्त हुने र आरोग्यता बढ्नेछ । सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – धन वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । तर, घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आरोग्यता वृद्धि हुने र मिठो भोजन प्राप्त हुने योग छ । कर्ममा रुचि बढ्ला । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – लगानी बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आयस्रोत वृद्धि हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा आजको दिन बित्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन सोचेअनुरुप काम नहोला । कुनै नयाँ समाचारले खिन्नता बढ्न पनि सक्छ । स्वास्थ्यस्थितिमा भने अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग रहला । खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – दिन मध्यम खालको छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर खास हानी पुग्दैन । यस हिसाबमा दिन ठिकै छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – आजको दिन नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ तर, शारीरिक अस्वस्थताको सम्भावना छ। आम्दानीमा कमी आउने छैन र पनि निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । तर, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । व्यवसायमा धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज