Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

Author Avatar साझा न्यूज 8th August 2022 , 7:47 PM
रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

रकम अपचलनका कारण बन्द रहेको सदरमुकाम तौलिहवाको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनः सञ्चालन गरिएको छ। ढाई वर्षदेखि बन्द रहेको सहकारीले मंगलारबाट फेरि सेवा सुभारम्भ गरेको हो।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रिबन काटेर सेवा शुभारम्भ गरेका थिए। सो अवसरमा उनले सहकारीले सेवा शुभारम्भ गरेकोमा बधाई दिँदै ओरालो लागेको सहकारीको प्रगतिको कामना गरे। ‘जिल्ला कै पुरानो सहकारीमा रकम अपचलन भइ बन्द हुँदा जिल्ला कै बेइज्जती भएको थियो’ उनले भने ‘बचतकर्ताहरुले रकम निकाल्न नपाउँदा साह्रै दुःख पाएका छन्।’

उनले सहकारीको अवस्था सुधार गर्न नगरपालिका साथ रहेको भन्दै यो नयाँ सञ्चालक समितिले समस्या समाधान गर्न ठोस प्रयास गर्नु पर्ने बताए। अदालतको आदेशपछि विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो।

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

आठ हजार २ सय बचतकर्ताको झण्डै १९ करोड बचत र १० करोड बढी ऋण प्रवाह भएको अर्यालले बताए। प्रारम्भिक अनुसन्धानका आधारमा ११ सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको छ। सहकारीको विभिन्न १७ वटा बैंकमा ५१ लाख रकम रहेको छन्। चार वटा खाता बाहेकका अन्य बैकमा रहेको खाताहरु बन्द गर्ने निर्णय गरिएको अर्यालले बताए।

अदालतले सो मुद्दाको फैसलामा १५ बुँदे निणर्य निर्देशिका जारी गरी विशेष साधारणसभा गरी सहकारी पुनः सञ्चालन गर्न आदेश दिएको थियो। सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरुसँग १० करोड हाराहारी सावा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको तिवारीले जानकारी दिए।

ऋणको सावा र ब्याज असुली कार्यसँगै भदौ १ गतेबाट सबै बचतकर्ताको खाता प्रमाणीकरण कार्य सुरु गर्ने समितीको योजना छ। बचतकर्ताको बचतको सावा ब्याज रकम भुक्तानी गर्नका लागि अदालतको निणर्य निर्देशन अनुसार नीति निर्माणका लागि ३ सदस्यीय समिति गठन गरिएको छ।

साउन २ गतेको बैठकको निणर्य अनुसार २१ दिनभित्र निती निर्माण गर्नका लागि लेखा समितीका संयोजक रबिन्द्र नाथ ठाकुरको संयोजकत्वमा कपिलवस्तु नगरपालिकाका सहकारी शाखाका कर्मचारी नारायण रेग्मी र सहकारीका सदस्य रामेन्द्र सिंह रावल सदस्य रहेको समिति गठन भएको हो।

समितीले तोकिएको समयमै निती तयार पारी समितीमा बुझाउने छ। सहकारीको हिसाब निक्यौल गर्न समिति र कर्मचारी निरन्तर खटिएर काम गरेको अर्यालले बताए। रकम अपचलनमा ५३ जनाविरुद्ध मुद्दा चलेको थियो। जसमा ४५ जनाले सफाइ पाएका छने भने ५ जनालाई कसुरदार ठहराइएको छ।

तीन जना विदेश भएकाहरुको मुद्दा भने मुल्तबीमा राखिएको छ। सहकारीका कर्मचारीहरु राजेश कुमार कान्दु, अबिनाशदेब पाण्डे र निलाफचन्द देब पाण्डेयलाई पाँच-पाँच वर्ष कैद र बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दर केशव गुप्तालाई जनही तीन तीन वर्ष कैदको फैसला गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज