Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

Author Avatar साझा न्यूज 21st January 2023 , 6:27 PM
प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना  निर्वाचित

?????????????? ???????? ???? ????????? ????????? ????????? ???????? ????? ??????? ???? ??? ? ??????? ????????? ????/????

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ।

प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिनुभएको थिएन । रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।

प्रतिनिधि सभाको उपसभामुख निर्वाचित राना राजनीतिक क्षेत्रमा नयाँ हुनुहुन्छ। उहाँ सामाजिक क्षेत्रमा अब्बल र कुशल नेत्रीका रूपमा स्थापित व्यक्तित्व हुनुहुन्छ। उहाँ मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको हो। उहाँले सामाजिक अभियन्ताको परिचय बदल्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो।

चर्चित समाजसेवी उपसभामुख 

उपसभामुख रानामगर साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक काममा  सक्रिय हुनुभएको हो।  रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गर्नुभएको छ। बन्दी सहायता नेपालकी संस्थापक उहाँले बुबाआमा जेल पर्दा अलपत्र भएका बालबालिकाको स्याहार र शिक्षामा सहयोग गर्दै आउनुभएको हो। यही कामले उपसभामुख मगरलाई नेपालमा मात्र नभई विश्वभर चिनाएको छ।

मगरको संस्थाले १२ वटा बालगृह, दुई वटा विद्यालय, चार वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ। हाल उहाँको संस्थाले करिब एक हजार पाँच सय बालबालिकाको हेरचाह गर्दै आइरहेको छ। सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले उहाँलाई वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड प्रदान गर्नुभएको थियो।

सन् २००५ मै ‘अशोका फेलो’ प्राप्त गर्न सफल उहाँले दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पाउनु भएको छ। सन् २००९ मा उहाँले एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड हात पार्नुभएको थियो। सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा समेत उहाँको नाम थियो।

२०२७ सालमा झापाको शनिश्चरे-६ सालबारीमा प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरीको रूपमा उहाँको जन्म भएको हो। उहाँका एक छोरी हुनुहुन्छ। उहाँ १३ महिने शिशुदेखि सयौँको ‘आमा’ बनिसक्नुभएको छ। उहाँको बाल्यकालसमेत अभावपूर्ण थियो। इन्दिरा ११ वर्षमा एकै पटक पाँच कक्षामा भर्ना हुनुभएको थियो। २०५३ मा स्नातक गरेर उहाँ समाजसेवामा लाग्नुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज