Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एसइईका लागि सुनसरीका केन्द्राध्यक्षलाई अभिमुखीकरण

Author Avatar साझा न्यूज 28th March 2023 , 3:13 PM
एसइईका लागि सुनसरीका केन्द्राध्यक्षलाई अभिमुखीकरण

इनरुवा, चैत १४ गते । माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले मङ्गलबार एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।

केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण तालिम दिइएको शिक्षा विकास तथा समन्वय इकाई  सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ४८ परीक्षा केन्द्रका केन्द्राध्यक्षकहरुलाई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि आवश्यक पर्ने प्रशासनिक र प्राविधिक सुझावसहितको निर्देशन दिनुभयो ।

समन्वय इकाई प्रमुख सुवेदीले जिल्लाका १२ पालिकाका ४८ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई जिल्लामा बोलाएर अभिमुखीकरण गरिएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई परीक्षा जस्तो बनाउन र परीक्षा सञ्चालन निर्देशिका बमोजिम परीक्षालाई  निष्पक्ष, मर्यादित र व्यवस्थित वातावरणमा सञ्चालन गर्न निर्देशन गरिएको बताउनुभयो ।

त्यस्तै केन्द्राध्यक्षहरुलाई परीक्षा सामग्री समेत हस्तान्तरण गरिएको जनाएको छ ।  केन्द्राध्यक्षहरुलाई परीक्षाका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको थियो । शिक्षा तालिम केन्द्रमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो ।

माध्यमिक शिक्षा परीक्षा एसइई चैत १७ गतेबाट सुरु हुँंदैछ । सुनसरीबाट यस वर्षको एसइई परीक्षामा १३ हजार ७५ जना परीक्षार्थी सहभागी हुनेभएका छन् । परीक्षामा ४८ केन्द्र मध्ये नौ वटामा प्राविधिक धार र साधारणको एकैठाउँमा हुनेछ भने अन्यमा नियमित विधार्थीहरुको सहभागी रहनेछन् । जिल्लामा प्राविधिकतर्फ ३५७ र साधारणतर्फ १२ हजार ५९५ जना, ग्रेड वृद्धिका ९० जना र खुल्लातर्फ ३३ जना गरी कुल १३ हजार ७५ जना विधार्थीहरुको सहभागी हुने इकाईका अधिकृत निर्मल निरौलाले जानकारी दिनुभयो । जिल्लामा १९ प्रहरी युनिटहरूमा प्रश्नपत्र पठाएको जनाइएको छ । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी खटिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज