Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नयाँ वर्षमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन हुने

Author Avatar साझा न्यूज 28th March 2023 , 4:00 PM
नयाँ वर्षमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन हुने

धनगढी, चैत १४ गते । नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ। नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ।

खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी धनगढी जेसिज वर्ष २०२३ का अध्यक्ष मोहनराज ओझाले बताउनुभयो ।

धनगढी जेसिजले २०७१ देखि नयाँ वर्षको दिन ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । कोरोना महामारी सुरु भएपछि २०७७ बाट यो प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसपालिको नयाँ वर्षबाट फेरि निरन्तरता दिन लागेको जनाइएको छ ।

म्याराथनको खुल्लातर्फका विजेताले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो हुनेले ३३ हजार ३३३, तेस्रो स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्ने म्याराथनका संयोजक मनिष कुँवरले जानकारी दिनुभयो । खुल्लातर्फको दूरी २१.१ किलोमिटर रहने जनाइएको छ । खुल्लातर्फको प्रतिस्पर्धीहरुले धनगढी रङ्शालाबाट दौडेर धनगढी बजार हुँदै गेटाको राजश्री फुड उद्योग पुगेर पुनः रङगशालामा आउने जनाइएको छ ।

यसैगरी, कर्पोरेट÷सञ्चारतर्फको पहिलो हुने प्रतिस्पर्धीले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । कर्पोरेटतर्फको दौड रङ्गशालाबाट धनगढीको ट्राफिक चौराहासम्म हुने जनाइएको छ ।

यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडको पहिलो हुनेले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार पाउनेछन् ।

हाफ म्याराथनमा पाँच किलोमिटरको ट्राइसाइकल दौड पनि रहने र उत्कृष्ट भएका प्रतिस्पर्धीहरुलाई उचित पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

हाफ म्याराथनबाट उठेको पैसा युवाको नेतृत्व, व्यक्तित्व विकासमा खर्चिने संयोजक कुँवरले बताउनुभयो । प्रतियोगितामा सरकारी कर्मचारी, संघसंस्था, व्यक्ति, व्यवसायी, खेलाडी, विदेशीलगायत दुई हजार जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज