Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

“…अनि देशकै उत्कृष्ट विद्यालय बन्यो”

Author Avatar साझा न्यूज 29th March 2023 , 10:40 AM
“…अनि देशकै उत्कृष्ट विद्यालय बन्यो”

भाइबहिनीहरू, यस पटक तपाईंहरूलाई नेपालकै उत्कृष्ट विद्यालयमध्ये एक विद्यालयका बारेमा जानकारी दिँदै छौँ । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका–१० स्थित नारायणी उच्च माध्यमिक विद्यालय । यो स्कुल अहिले देशकै नमुना विद्यालय हो ।

छ दशकअघि रात्रिकालीन विद्यालयका रूपमा स्थापित यस स्कुलको आफ्नै कथा व्यथा छ ।  स्थापना भएको यस विद्यालयले हिरक महोत्सवसमेत मनाइसकेको छ । ६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर रातिमा पढाउन सुरु गरिएको  हो । अहिले यो स्वदेशकै उत्कृष्टमध्येको दोस्रो विद्यालय हो नारायणी माध्यमिक विद्यालय । जुन विद्यालयमा अहिले विद्यार्थी भर्ना गर्न देशमै  नाम चलेका निजी विद्यालयभन्दा चर्को प्रतिस्पर्धा हुन्छ । विद्यालयले कडा प्रवेश परीक्षा लिएर मात्रै  विद्यार्थी छनोट गर्नुपर्ने बाध्यता छ ।

“हामीले परीक्षा लिएनौ भने त विद्यार्थीको चाप थेगिसक्नु हुँदैन,” विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी भन्नुहुन्छ, “विद्यालयमा भएको सीमित स्रोत र साधनले विद्यार्थीको चाप थेगिसक्नु हुँदैन ।”  वि.सं. २०२० जेठ ६ गते चार जना विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालय सुरुका वर्षमा त एसएलसी (अहिलेको एसईई)मा शून्य नतिजा निकाल्ने गरेको तितो यथार्थ विद्यालयमा छ । पछि सरोकारवालाको निरन्तर परिश्रमका कारण यो विद्यालय अहिले देशकै दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

गुणस्तरमापन केन्द्रको परीक्षणमा ९३.०५ प्रतिशत अङ्क प्राप्त गरी देशकै  दोस्रो उत्कृष्ट बन्न सफल यस विद्यालयमा अहिले तीन हजार ५७० विद्यार्थी अध्ययनरत छन् ।  “चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ नारायणी रात्रि हाइस्कुलको नामबाट यो विद्यालय स्थापना भएको हो,” विद्यालयका प्रअ दवाडी विद्यालय स्थापनाको कथा भन्नुहुन्छ, “ लालटिन, मैनटोल, टुकी  बालेर पढ्न आउने विद्यार्थी दिनभरिको कामले थाकेका र बढी उमेरका हुन्थे ।”

उ बेला बेलुका ५ देखि ९ बजेसम्म अध्यापन गराउने यो विद्यालय २०३७ सालबाट बिहानी, २०४५ सालबाट दिवा सेवा पनि सञ्चालनमा ल्याइएको हो । दिवा कक्षा सञ्चालन सुरु गर्दामध्येका एक हुन्– शिक्षक अहिलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा । उहाँ थप्नुहुन्छ, “विद्यालयको नतिजा निराशाजनक थियो । यससगैँ सञ्चालन शैलीमा केही परिवर्तन गर्नुपर्ने महसुस गरेर हामीले  क्रमशः सुधारका योजना अघि बढायौँ । अतिरिक्त कक्षा  अङ्ग्रेजी, गणितजस्ता विद्यार्थीलाई गाह्रो लाग्ने विषयको सञ्चालन गर्न थालियो । अनि विस्तारै विद्यालयले सुधारको फड्को मार्दै गयो । अहिले त देशकै नमुना विद्यालयमा पर्छ ।” विद्यालयको सफलताका पछाडि सामूहिक प्रयत्न र पहल नै प्रमुख कारण ठान्नुहुन्छ, प्रधानाध्यापक दवाडी ।

“विद्यार्थी भर्नामै प्रवेश परीक्षा लिने, उत्तीर्ण अङ्क ४० गर्ने, शिक्षक प्रतिबद्धता लिने, नतिजाको विश्लेषण र सार्वजनिकीकरण गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायतका काम नियमित

गरेपछि विद्यालयमा सुधार हुँदोरहेछ,” उहाँले भन्नुभयो, “यसमा सबैको सहकार्य र प्रतिबद्धता भए नमुना बन्न सकिँदोरहेछ ।” विद्यार्थीको नियमित अनुगमन, गृहकार्य डायरी, दैनिक पाठ तथा डायरीले  विद्यार्थीलाई  पढ्ने वातावरण बनेको छ । योजनाबद्ध रूपमा अगाडि बढेको २०६८ सालबाट राष्ट्रिय मूल्याङ्कनमा  विद्यालय उत्कृष्ट छ ।

विद्यालयमा “विशेषतः दुईथरीका अपाङ्गताको हामीले अपाङ्गता एकाइ नै स्थापना गरेर पठनपाठन गरिरहेका छौँ । यसमा ३२ जना दृष्टिविहीन र ३४ जना बौद्धिक अपाङ्गता अध्ययनरत छन् ।”

सुविधासम्पन्न विद्यालय भवन, शिक्षण अनुकूल कक्षाकोठा, सुविधासम्पन्न बगैँचा अनि पर्याप्त खेलमैदान विद्यालयका विशेषता हुन् ।  अङ्ग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयमा माथिल्लो कक्षामा देखिएको सुधार राम्रो भए पनि अझै तल्लो कक्षाको सिकाइ उपलब्धिमा सुधार हुन नसकेको भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेल बताउँछन् ।

“यो विद्यालय देशैभरि उत्कृष्ट विद्यालय हो । सामुदायिक विद्यालयले पनि अभिभावकको मन जितेको छ । त्यसमा हामीले गौरव गर्नुपर्छ तर विद्यार्थीको सिकाइ उपलब्धि हेर्ने हो भने ठूलो कक्षाको तुलनामा सानो कक्षामा धेरै सुधार हुनुपर्ने देखिन्छ । अहिले विद्यार्थी सङ्ख्या सिकाइ उलब्धिलाई हेर्ने हो भने उल्टो प्यारामिटरमा छ । अब सानैदेखि विद्यार्थीको गुणस्तर सुधार गरेर लैजानुपर्ने अवस्था देखिन्छ,” पौडेलले भन्नुभयो । उहाँले तल्लो कक्षाबाटै विद्यार्थीको पढाइ सुधारमा लाग्ने हो भने यो विद्यालय देशकै सम्पत्ति हुने बताउनुभयो ।

लामो समय चितवनको शिक्षा क्षेत्रमा  क्रियाशील बाबुराम दवाडी नारायणी माध्यमिक विद्यालयले अझै गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ । भन्नुहुन्छ, “यस विद्यालयमा बढ्दो विद्यार्थी सङ्ख्याको आधारमा भौतिक संरचना कम भयो । खेलमैदान पनि साँघुरो भयो । समयसापेक्ष यसमा सुधार गर्नुपर्ने देखिन्छ ।” यद्यपि शिक्षण सिकाइका दृष्टिले देशमै नमुना विद्यालय भएकाले यसबाट अन्य विद्यालयले पनि सिक्न जरुरी रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज