Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐतिहासिक पुरातात्विक क्षेत्र पंडितपुरको संरक्षण हुन सकेन

Author Avatar साझा न्यूज 29th March 2023 , 11:01 AM
ऐतिहासिक पुरातात्विक क्षेत्र पंडितपुरको संरक्षण हुन सकेन

नवलपरासी, चैत १५ गते । गौतम बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी रहेको पश्चिम नवलपरासीको पंडितपुर क्षेत्रको संरक्षण हुन नसक्दा ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।

नवलपरासी रामग्राम नगरपालिका–१४ स्थित प्राचिन कोलिय राज्यको राजधानी (हालको पंडितपुर) क्षेत्रमा पुरातात्विक एवम् ऐतिहासिक महत्त्वका बस्तुहरु प्राप्त भएका पुरातात्विक स्थानहरुको अतिक्रमण गर्दै कंक्रीटका भवन बनाउने क्रम बढ्दै गएको भए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको नवलपरासी नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको भनाइ छ ।

विसं. २०५९ देखि अध्ययन सुरु गरिएको पंडितपुर उत्खननको काम २०७१ सम्म आउदा विभिन्न चरणमा गरिएको उत्खननले पंडितपुर प्राचिन कोलिय राज्यको राजधानी भएको प्रमाणित भइ सकेको पंडितपुर उत्खननमा नेतृत्व गर्नु भएका पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनु भएको छ ।

उत्खननले पंडितपुर क्षेत्र ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको रहेको प्रमाणित गरे पनि सम्बन्धित निकायले पुरातात्विक महत्त्वको क्षेत्रको भित्र पर्ने जग्गामा स्थानियले भटाभट पक्की घर बनाउने क्रम नरोकिए पछि ऐतिहासिक महत्त्वको क्षेत्र अतिक्रमित हुँदै गएको छ ।

पुरातात्विक एवम् ऐतिहासिक महत्त्वको क्षेत्रमा भइ रहेको अतिक्रमण रोकनका लागि पुरातत्विक उत्खनन गरिएको क्षेत्रको वरिपरिको करिब ४० विगाहा क्षेत्रफलको जमिन पुरातत्व विभागले अधिग्रहण गर्नु पर्ने आवश्यकता रहेको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुंवरले बताउनु भएको छ ।

पुरातात्विक महत्त्वको बारेमा पहिलो पटक २०५९ मा उत्ननन गरिएपछि यो क्षेत्रमा प्राचिन कालिन महत्त्वका बस्तु रहेको पाइएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको क्षेत्र अतिक्रमित बन्दै गएको र पुरातात्विक महत्वका बस्तु एवम् संरचनाहरु लोपहुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ पंडितपुरका स्थानियवासी नारद प्रसाद यादव  ।

यी पुरातात्विक महत्त्वको क्षेत्रका कतिपय स्थानहरुमा स्थानियवासीहरुको बस्ती, खेती गर्ने जमिन रहेको हुँदा स्थानियहरुले पुरातात्विक महत्त्वको स्थानहरुमा समेत घर, सार्वजनिक भवन, माछा पालनका लागि पोखरी, ईनार लगाएतका भौतिक निर्माण कार्य गरिरहेका छन् । गाउँलेहरुले सो स्थानमा पोखरी, ईनार, घर बनाउन जग खन्दा समेत अनेक पटक पुरातात्विक महत्त्वका प्रागैतिहासिक कालका माटाका भाडा, चुरा लगाएत अनेक बस्तुहरु भेटिएको स्थानियबासी यादवको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज