Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐतिहासिक पुरातात्विक क्षेत्र पंडितपुरको संरक्षण हुन सकेन

Author Avatar साझा न्यूज 29th March 2023 , 11:01 AM
ऐतिहासिक पुरातात्विक क्षेत्र पंडितपुरको संरक्षण हुन सकेन

नवलपरासी, चैत १५ गते । गौतम बुद्धको मावलीस्थल कोलिय राज्यको राजधानी रहेको पश्चिम नवलपरासीको पंडितपुर क्षेत्रको संरक्षण हुन नसक्दा ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको क्षेत्र अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।

नवलपरासी रामग्राम नगरपालिका–१४ स्थित प्राचिन कोलिय राज्यको राजधानी (हालको पंडितपुर) क्षेत्रमा पुरातात्विक एवम् ऐतिहासिक महत्त्वका बस्तुहरु प्राप्त भएका पुरातात्विक स्थानहरुको अतिक्रमण गर्दै कंक्रीटका भवन बनाउने क्रम बढ्दै गएको भए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको नवलपरासी नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको भनाइ छ ।

विसं. २०५९ देखि अध्ययन सुरु गरिएको पंडितपुर उत्खननको काम २०७१ सम्म आउदा विभिन्न चरणमा गरिएको उत्खननले पंडितपुर प्राचिन कोलिय राज्यको राजधानी भएको प्रमाणित भइ सकेको पंडितपुर उत्खननमा नेतृत्व गर्नु भएका पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले बताउनु भएको छ ।

उत्खननले पंडितपुर क्षेत्र ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको रहेको प्रमाणित गरे पनि सम्बन्धित निकायले पुरातात्विक महत्त्वको क्षेत्रको भित्र पर्ने जग्गामा स्थानियले भटाभट पक्की घर बनाउने क्रम नरोकिए पछि ऐतिहासिक महत्त्वको क्षेत्र अतिक्रमित हुँदै गएको छ ।

पुरातात्विक एवम् ऐतिहासिक महत्त्वको क्षेत्रमा भइ रहेको अतिक्रमण रोकनका लागि पुरातत्विक उत्खनन गरिएको क्षेत्रको वरिपरिको करिब ४० विगाहा क्षेत्रफलको जमिन पुरातत्व विभागले अधिग्रहण गर्नु पर्ने आवश्यकता रहेको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुंवरले बताउनु भएको छ ।

पुरातात्विक महत्त्वको बारेमा पहिलो पटक २०५९ मा उत्ननन गरिएपछि यो क्षेत्रमा प्राचिन कालिन महत्त्वका बस्तु रहेको पाइएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा ऐतिहासिक एवम् पुरातात्विक महत्त्वको क्षेत्र अतिक्रमित बन्दै गएको र पुरातात्विक महत्वका बस्तु एवम् संरचनाहरु लोपहुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ पंडितपुरका स्थानियवासी नारद प्रसाद यादव  ।

यी पुरातात्विक महत्त्वको क्षेत्रका कतिपय स्थानहरुमा स्थानियवासीहरुको बस्ती, खेती गर्ने जमिन रहेको हुँदा स्थानियहरुले पुरातात्विक महत्त्वको स्थानहरुमा समेत घर, सार्वजनिक भवन, माछा पालनका लागि पोखरी, ईनार लगाएतका भौतिक निर्माण कार्य गरिरहेका छन् । गाउँलेहरुले सो स्थानमा पोखरी, ईनार, घर बनाउन जग खन्दा समेत अनेक पटक पुरातात्विक महत्त्वका प्रागैतिहासिक कालका माटाका भाडा, चुरा लगाएत अनेक बस्तुहरु भेटिएको स्थानियबासी यादवको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज