Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

fifa हत्याको आरोपमा आठ पक्राउ

Author Avatar साझा न्यूज 29th March 2023 , 4:57 PM
fifa हत्याको आरोपमा आठ पक्राउ

कावासोती, चैत १५ गते । सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा  देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

अघिल्लो बुधबार राति बुगिंटार गाउँपालिका २ घर भई हाल देवचुली नगरपालिका १ केउरेनीमा बसोबास गर्दैआएकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई छिमेकीले झगडा गरेको निहुँमा कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट गत बिहीबार राति उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

तोलमया र छिमेकी धनबहादुर नेपाली बुधबार राति तोलमायाकै घरमा सुतेको अवस्थामा छिमेकीले फेला पारेका थिए । धनबहादुरकी श्रीमतीले तोलमाया र आफ्ना श्रीमान् एउटै ओछ्यानमा सुतेको देखेको बताएपछि गाउँलेले तोलमायालाई कुटपिट गरेको स्थानीयको भनाइ छ ।

मृतकका छोराले गाउँलेले कुटपिट गरेर आफ्नी आमालाई मारेको बयान दिएपछि घटना गम्भीर बनेको भन्दै प्रहरीले अनुसन्धान थालेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । जिल्ला प्रहरी उपरीक्षक सतवारीका अनुसार मृतकका श्रीमान् नरबहादुर बाचे मगरले गाउँले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धनबहादुर पनि रहेका छन् ।

लोग्ने घरमा नभएको अवस्थामा धनबहादुर र तोलमाया नजिकिएको छिमेकीले बताएका छन् । वडा सदस्य सुकमाया सार्की समेतको प्रत्यक्ष संलग्नतामा गत बुधबार राति नै कुटपिट गरेको खुलेको प्रहरीको भनाइ छ । धनबहादुर र तोलमायालाई छिमेकीले पटक–पटक एकैसाथ भेटेपछि यसअघि पनि गाउँमा छलफल भएको स्थानीयको भनाइ छ ।

प्रहरीले आज पक्राउ गरेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडा सदस्य सुकमाया सार्की, उमा नेपाली, सुजन नेपाली, देवबहादुर बसेल सार्की, दीपककुमार नेपाली, सुशील नेपाली, सोममाया बसेल नेपाली छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज