Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टुँडिखेल घोडेजात्राको महिमा

Author Avatar साझा न्यूज 31st March 2023 , 10:49 AM
टुँडिखेल घोडेजात्राको महिमा

भाइबहिनीहरू, नेपालमा धेरै वर्ष पहिले हरिदेव नाम भएका राजा थिए । उनका केशचन्द्र नाम भएका छोरा थिए । उनी कसैले भनेको केही नमान्ने जिद्दी स्वभावका बालक रहेछन् । उनी बराबर जुवा खेलिरहन्थे । जुवा खेल्ने ठाउँ थँबहिल (हाल ठमेल) थियो । एकदिन जुवा खेल्न जाँदा हारेछन् । रात पनि धेरै बितिसकेका कारण ठमेलमा बस्ने आफ्नो दिदीको घरमै गएर बसेछन् । जुवा खेल्ने लतले गर्दा केशचन्द्रले दिदीको घरबाट आफूले खाएको थाल नै चोरेर जुवा खेल्न हिँडे, त्यो पनि हारे । बेलुका घरमा आउँदा भाइले थाल चोरेर लगेको थाहा पाइन् ।

भाइको बानी सुधार्नका लागि गाली नगरिकन भात भुइँमा पस्किदिइन् । उनलाई भुइँमा राखिदिएको भात खानु पर्दा साह्रै ग्लानि भयो, उक्त भात आफ्नो पोल्टामा हालेर उनी दिदीको घरबाट निस्केर पशुपति गएछन् । त्यहाँ बागमती नदीमा नुहाइधुवाई गरी कैलाश डाँडामा बस्न थाले । जुवामा हारेको र दिदीको घरबाट थाल चोेरेको कारण घर जान मन लागेन, केही दिन पशुपतिमै बिताए । एकदिन बिहानीपख चौरमा घाम ताप्न बस्दा भुसुक्क निदाएछन् । सपनामा महादेवले भनेछन्– बाबु, यसरी आफ्नो घर छोडेर हिँड्नु हुँदैन, दुःख पाउँछौ, घर जाऊ ।

मैलो लुगामा भात थापेर खाने गरेका कारण गन्हाएका र खानेकुरामा पनि कीरा परेको थियो । निदाएको बखतमा परेवाहरूले त्यो सडेको भात र कीराहरू खाई सुनका दाना हगेर गएछन् । ब्युँझिदा सुन जम्मा भएको देखेर अचम्म परे । त्यही बेलामा कताबाट गुरुमापा भन्ने एक जना मान्छे नजिकै आए । केशचन्द्रले पनि मामा भनी सम्बोधन गरे । अनि त भानिज भनेर त्यो सुन बोकेर घरमा ल्याइदियो र केही दिन घरमा बस्न भने । गुरुमापाले हरेक दिनजसो टोलका केटाकेटीहरू चोरेर खान थालेछ ।

खोजिनीति गर्दा गुरुमापाले लगेर खान थालेको पत्ता लाग्यो । र, अब गुरुमापालाई टोलमा यसरी राख्न नहुने निर्णय गरेर केशचन्द्रले अन्त कतै राखिदिने निर्णय गरे । त्यही सुनले गुरुमापालाई राख्न भनी ३६० रोपनी जग्गा किनी जङ्गल सबै फाँडी मैदान बनाएर गुरुमापालाई राख्न लगे ।

गुरुमापालाई त्यहाँदेखि बाहिर नजानू, मासुभात खुवाउने प्रतिबद्धतासहित त्यहाँ बस्न बाध्य गराए । त्यही समयदेखि खानाको निमित्त वर्षको एक चोटि फाल्गुण शुक्ल पूर्णिमाको दिन गुरुमापालाई १२ पाथी चामलको भात, एउटा राँगो दिने प्रथा निकाले ।

त्यसैबेलादेखि नेवार समाजमा अहिलेसम्म पनि केटाकेटीलाई तर्साउँदा ‘गुरुमापाले लैजान्छ है’ भन्ने गरिन्छ । आजभोलि गुरुमापा राक्षसलाई घोडाको टापले थिचिएर टाउको उठाउन नपाओस् भनी हरेक वर्ष यस मैदानमा चैत्र औँसीका दिन (घोडेजात्राको दिन) घोडा दगुराएर जात्रा पनि गरिन्छ । यसरी गुरुमापा बस्ने गुरुमापा मैदान भनिएको र पछि यसको नाम सदर टुँडिखेलको नाम रहन गएको भनाइ रहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज