Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपाध्यक्ष खुला ब्याडमिन्टन सम्पन्न

Author Avatar साझा न्यूज 31st March 2023 , 10:52 AM
उपाध्यक्ष खुला ब्याडमिन्टन सम्पन्न

ताप्लेजुङ, चैत १७ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधवार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो ।

प्रतियोगिताको पुरुष डबल सिनियर ‘ए’, तर्फ दीपेन गुरुङ र मिलिन गुरुङको जोडी प्रथम र नवीन सिलवाल र चाणक्य पाठकको जोडी द्वितीय भएको छ । पुरुष डबल सिनियर ‘बी’, तर्फ भने अनीश लावती र विपिन सेडाइँको जोड तथा मिहाङ राई र जुनुन राईको जोडी क्रमशः प्रथम र द्वितीय भएको छ ।

यस्तै कर्मचारीतर्फ मिङ्मा शेर्पा र डिकबहादुर राउतको जोडीले प्रथम तथा मचिन्द्र लिम्बू र विवश लिम्बूको जोडीले द्वितीय स्थान हासिल गरेको छ । त्यसै गरी भेट्रान्स (४५ वर्षमाथि) समूहतर्फ मानबहादुर पालुङ्वा र भूपाल रानाको जोडी प्रथम तथा राम नेयोङ र नरेन्द्र इधिङ्गोको जोडी द्वितीय भएको छ ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’ ४५ हजार र ३० हजार रुपियाँ, सिनियर ‘बी’ तर्फ ३५ हजार र २५ हजार रुपियाँ, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । पुरुष डबल सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमशः ७ र २४ टोली, कर्मचारीतर्फ १६ र भेट्रान्सतर्फ ६ टोली (जोडी) को सहभागिता रहेको थियो ।

यता प्रतियोगिताका विजेताहरूलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज