Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्री श्रेष्ठद्वारा एसइई परीक्षाको अनुगमन

Author Avatar साझा न्यूज 31st March 2023 , 12:12 PM
मन्त्री श्रेष्ठद्वारा एसइई परीक्षाको अनुगमन

हेटौँडा, चैत १७ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा शुक्रबारबाट सुरु भएको छ । आजबाट सुरु भएको एसइईको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अनुगमन गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले परीक्षाको तयारी, व्यवस्थापनलगायतका बारेमा जानकारी लिनुभएको थियो ।

मन्त्री श्रेष्ठले परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रयास भएको भन्दै विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुःखद भविष्यको कामना गर्नुभएको थियो । त्यस्तै, मन्त्री श्रेष्ठले परीक्षाको समयमा परीक्षार्थीलाई समस्या पर्न सक्ने भन्दै विद्यालय नर्सको व्यवस्थ ागर्न केन्द्राध्यक्ष आग्रह गर्नुभएको थियो ।

चैत २९ गतेसम्म चल्ने एसइईमा बागमती प्रदेशको ४३४ परीक्षा केन्द्रमा एक लाख एक हजार ७३३ परीक्षार्थी छन् । यसैबीच बागमती प्रदेशमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा परीक्षाको क्रमममा परीक्षा हलभित्र अनुगमनका नाममा भीडभाड नगर्न आग्रह गरिएको छ ।

बागमती प्रदेशको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा हलभित्र अनुगमनका नाममा हुने भीडभाडले परीक्षार्थीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने हुँदा भिडभाड नगर्न आग्रह गरेको हो ।

अनुगमनका नाममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुलगायत विगतका परीक्षाहरुमा परीक्षाहरुमा प्रवेश गर्ने क्रम बढेको पाइएपछि समितिले यसमा रोक लगाएको हो । साथै तोकिएको निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश नगर्न पनि समितिले भनेको छ ।

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले एसइईलाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीहरुले निर्धक्कसँग परीक्षा दिने वातावरण निर्माण गर्न यस्तो आग्रह गरिएको जानकारी दिनुभयो ।

समितिले एसइईमा परीक्षार्थीहरुलाई उत्तरपुस्तिका वितरण गर्नु पूर्व एवम् परीक्षा सञ्चालन भइरहेको अवधिमा कार्यालय प्रयोजनका लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्बिर वा भिडियो नलिन आग्रह गरेको छ । मैनालीले भन्नुभयो, ‘‘परीक्षामा कर्मचारी र प्रहरी गरी १५ हजार ८८६ जना खटिने छन् ।’’

यो वर्षको एसइईमा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार ५७७ जना र सबैभन्दा कम रसुवा जिल्लाबाट ६२६ जना परीक्षार्थी रहेका छन् । काठमाडौं जिल्लामा १२३ र रसुवा जिल्लामा पाँच वटा परीक्षा केन्द्र रहेको छ । परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज