Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

Author Avatar साझा न्यूज 10th August 2023 , 6:28 PM
विकास कोषका उपाध्यक्ष लामाद्वारा पदभार ग्रहण

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले आज पदभारग्रहण गरी औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको हो ।

उहाँलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो ।

उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किमी दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गर्नुभयो ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उचो राख्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनीजस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताउनुभयो ।

आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनुभयो ।

उहाँले बुद्ध जन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरी काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने उहाँको भनाइ छ ।

‘मान्छे हो, कहिलेकाँही बुझाइमा समस्या हुन सक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्ने छैन’ उहाँले भन्नुभयो ।

उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताउनुभयो ।

लुम्बिनीलाई पवित्रस्थलका रुपमा परिचित बनाउनेगरी काम गर्न पदाधिकारी, कर्मचारी, स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्ध दर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने चर्चा गर्नुभयो ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित स्रोत साधनबाट काम भइरहेकाले अब बाँकी कामहरु नवनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास ब्यक्त गर्नुुभयो । लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारीसहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केही स्थानीयको समेत उपस्थिति रहेको थियो ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको छ । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज