Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

Author Avatar साझा न्यूज 1st August 2025 , 2:33 PM
धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

कपिलवस्तु, साउन १६। नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन्।

शाहले पछिल्ला दिनमा भारतीय सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दू धर्मका महिलाहरूलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराइएको विषयमा भारतीय सञ्चारमाध्यममा दिएका अभिव्यक्तिलाई व्यक्तिगत विचार बताएका छन्। उनले भनेका छन्, “धार्मिक आस्थामा हस्तक्षेप संविधानले निषेध गरेको छ।

जबरजस्ती धर्म परिवर्तन गराउने गिरोहलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही हुनुपर्छ।

” उनले यस्ता आपराधिक प्रवृत्तिका गतिविधिहरू नेपालभित्र पनि हुन सक्ने सम्भावना रहेको भन्दै सरकार र नागरिक दुवै सचेत हुनुपर्नेमा जोड दिएका छन्। धार्मिक आस्थाको नाममा गरिब, पिछडिएका वर्गका महिलालाई विदेश पठाइदिने, रोजगारी दिने जस्ता लोभ देखाएर धर्म परिवर्तन गराउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उनले भने, “म सदैव पीडित पक्षको पक्षमा वकालत गरिरहनेछु, र न्याय दिलाउने प्रक्रियामा साथ रहनेछु।”

उनले नेपालमा पनि यस्ता घटना सामाजिक संरचना र लाज–शर्मका कारण सार्वजनिक नहुने गरेको भन्दै धर्म परिवर्तनका गिरोहहरू मौलाउँदै गएको चेतावनी दिएका छन्। यस्ता तत्वहरूले आफूले अँगालेको धर्म नै बदनाम गरिरहेको उनले बताए। अभिषेक शाहले भारत र नेपाल सरकारबीच संयुक्त छानबिन समिति गठन गरि धर्म परिवर्तनजस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने माग समेत गरेका छन्। “यदि यस्ता विकृति समयमै नियन्त्रण गरिएनन् भने सामाजिक द्वन्द्व बढ्न सक्छ,” उनले स्पष्ट पारे।

नेपालको संविधान २०७२ को धारा २६ अनुसार धर्म परिवर्तन गर्न र गराउन नपाइने प्रावधान रहेकाले सो अनुसारको कार्यान्वयन जरुरी रहेको शाहले उल्लेख गरेका छन्।

धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक सौहार्दमा खलल नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारलाई तुरुन्तै आवश्यक कदम चाल्न आग्रह गर्दै उनले सीमावर्ती क्षेत्रसहित पहाडी जिल्लामा पनि धर्म परिवर्तनको निगरानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

भर्खरै प्रकाशित

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

खैरो हेरोईन सहीत २ जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज