Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

Author Avatar साझा न्यूज 30th April 2026 , 6:10 PM
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ भनिएका शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दाबी गर्दै पुराना राजनीतिक दलहरूले नै देश निर्माणको हैसियत राख्ने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारुले सुकुम्वासीहरूको मौलिक हक संघीय सरकारले खोसिरहेको आरोप लगाउँदै विरोध जनाउनुभयो । आवासविहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै उहाँले बिना तयारी डोजर चलाइएको भन्दै भूमि प्रयोगबारे गम्भीर अध्ययन गर्न संघीय सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भूमि व्यवस्थापन ऐन प्रदेशमा छिटो ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशितामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य हेमा वेल्वासेले विगतका गल्ती नदोहो¥याई कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउँदै युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव दिनुभयो ।
प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषमा थन्किएका बसहरू सञ्चालनमा ल्याउन माग राख्दै पर्यटकलाई सहज सेवा उपलब्ध गराउन ध्यान दिनुपर्ने बताउनुभयो । साथै किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । आगामी बैठकको मिति सुचना मार्फत जानकारी गराइने सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

सिँचाइ विभागका महानिर्देशक रजौरिया प्रहरी नियन्त्रणमा

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

परिवारवाद अन्त्य र सुशासनको एजेन्डासहित रास्वपा गाउँ–नगरमा सक्रिय, दुई ठाउँमा सम्पर्क कार्यालय उद्घाटन

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

सिद्धार्थ बैंक चन्द्रौटाद्वारा विद्यार्थीलाई १२५ झोला वितरण

भर्खरै प्रकाशित

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा लुकाइएका चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

कपिलवस्तुबाट लाइसेन्स नवीकरण सेवा सुरु गर्न संघीय स्वीकृति पर्खाइ

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

समाचार कक्षबाटै पक्राउ परे पत्रकार सुवेदी, नयाँ पत्रिकामा पनि पुग्यो प्रहरीको टोली

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज