Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी नेता दिपक पाण्डेको हत्या उनकै पत्नीको योजनामा

हत्यामा संलग्न मुख्य योजनाकार पत्नी सहित ११ जना पक्राउ

Author Avatar साझा न्यूज 14th June 2021 , 4:58 PM
माओवादी नेता दिपक पाण्डेको हत्या  उनकै पत्नीको योजनामा

कपिलवस्तु, ३१ जेठ । आफ्नै पत्नीको योजनामा नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डेयको हत्या भएको तथ्य सार्वजनिक भएको छ । नेता पाण्डेकी पत्नी महिमा पाण्डे र उनीसंग अनैतिक सम्वन्ध कायम रहेका कपिलवस्तु नगरपालिका वडा नंं. १ का ३३ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादवको योजनामा नेता पाण्डेको हत्या भएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

विगत २।३ वर्ष देखि पति दिपक पाण्डेयलाई हत्या गर्ने योजना बनाएकी उनकी पत्नी महिमा पाण्डेको मुख्य योजनामा गत जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नं. ६ गोबरी सडक खण्डमा नेता पाण्डेको हत्या भएको प्रहरीले जनाएको छ । पत्नी महिमा र ओम प्रकाश दुवै जना मिलेर दिपकको हत्या गर्नका लागि कपिलवस्तु नगरपालिका वडा नंं. २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरी उनीहरुबाट हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

दिपकलाई हत्या गर्ने व्यक्तिहरुलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । दिपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद विक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण गरेको आरोपमा प्रहरीले कपिलवस्नु नगरपालिका वडा नं. १ कैलाश टोलका ३५ वर्षीय पूर्ण विर पाल्पाली, कपिलवस्तु नगरपालिका वडा नंं. २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका वडा नंं ४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय, यशोधरा गाउंपालिका वडा नंं. ४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवसतु नगरपालिका वडा नं. ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका वडा नंं. १ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका वडा नंं २ बरगदवा बस्ने प्रवीण गुप्ता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुर्ण विर उपर नेता पाण्डेको हत्या पछि हत्यामा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान र २ राउण्ड गोली सहित हत्यारा आरोपि शाकिर अली पखियालाई आफ्नो घरमा राती सुत्न दिई अपराधीलाई संरक्षण गरी उक्त हतियार लुकाई दिएको र उनकै घरबाट सो हतियार बरामद भएको छ । सद्दाम हुसेन खान उपर शाकिर अली पखियालाई हतियार खरिद विक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ ।

राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डे उपर गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिद विक्री गर्ने कार्यमा सहयोग गरेको आरोप छ । गोलु भन्ने राधेश्याम चौधरी उपर साकिर अलि पखियालाई हतियार खरिद विक्री गर्न सहयोग गरेको आरोप छ । सिरिया भन्ने श्रीराम कुर्मी उपर साकिर अली पखियालाई हतियार खरिद विक्री गर्न सहयोग गरेको आरोप छ । मोटे भन्ने नसरत अली उपर प्रकाश भन्ने ओम प्रकाश यादवबाट १ लाख रुपैया लिई हतियार खरिद गरी ओम प्रकाश यादवलाई उपलब्ध गराएको आरोप छ । प्रवीण गुप्ता उपर मोटे भन्ने नसरत अलीबाट ३७ हजार रुपैया नगद लिई साकिर अली पखियाबाट हतियार लिई ओम प्रकाश यादवलाई हतियार दिएको आरोप छ ।

मृतक माओवादी केन्द्रका नेता स्व. दिपक पाण्डे

नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली माईक ह्स्किी नामको अप्रेशनमा खटिएको थियो । अप्रेशनले घटना घटेको १ महिना नवित्दै घटनाका मुख्य योजनाकार सहितका अन्य संलग्न सवै ११ जना पक्राउ गर्न सफल भएको छ ।

३ वटा पेस्तोल सहित हतियार कारोवारमा संलग्न व्यक्तिहरु सहित पक्राउ परेका कारण जिल्लामा अपराधका घटनामा कमी आउन सक्ने अनुमान गरिएको छ । प्रहरीको यो अप्रेशनलाई जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज र आम सर्वसाधारणले ठुलो प्रशंसा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

सुप्रिम सहकारीको रकम ठगी प्रकरण : लामिछानेलाई थुनामै राख्ने अदालतको आदेश

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले ज्यान फाले

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

बुटवलमा पूर्व श्रीमानद्वारा महिला र दुई नाबालक बालिकाको हत्या

प्रेमसम्बन्धको विषयमा विवाद हुँदा २० जना घाइते, प्रहरीको गाडी जलाइयो

प्रेमसम्बन्धको विषयमा विवाद हुँदा २० जना घाइते, प्रहरीको गाडी जलाइयो

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने पक्राउ

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेच्ने पक्राउ

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज