Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल ६ साउन २०७८ बुधबार

Author Avatar साझा न्यूज 21st July 2021 , 6:15 AM
आजको पञ्चाङ्ग एवम् राशिफल ३ साउन २०७८ आइतबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ श्रावण ६ गते बुधबार तद्अनुसार सन् २०२१ जुलाई २१ तारिख आषाढ शुक्लपक्ष द्वादशी तिथि ज्येष्ठा नक्षत्र ब्रम्हा योग कौलब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा वृश्चिक राशिमा १७ः२७ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२२ बजे भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ । प्रदोष व्रत, तुलसीपिए ।

आजको राशिफल

मेष – अनावश्यक यात्रा र अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । भागदौड व्यस्तता जारी रहनेछ । जोखिममा नपर्नु हितकर रहनेछ । खर्च बढ्ला । घरपरिवारको साथ मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा नपर्नु बेस होला । धनको आवागमन भैरहनेछ । भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुचि बढ्नेछ । ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला ।

बृष – लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । अन्न धन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मनोकूल कार्य बनेर मन प्रशन्न रहनेछ । मान प्राप्त होला । विजयश्री मिल्ने छ । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुदमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । आनन्द वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनु होला । स्वास्थ्यमा लापर्वाही नगर्नु हितकर रहनेछ । यात्रामा लापर्वाही नगर्नुहोला । अरुको भरमा नबस्नु बेस होला ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसंगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुची बढ्नेछ । प्रशिद्धि फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा रुचि बढ्नेछ । मित्रजनको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नुहोला । अरुको विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्छ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द र सुखशान्ति बढ्ला ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला ।सन्ततिसुख बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

अर्घाखाँचीले जित्यो ४० हजारको प्रथम पुरस्कार

अर्घाखाँचीले जित्यो ४० हजारको प्रथम पुरस्कार

भ्राका गुम्बा संरक्षणमा सक्रियता बढ्यो

भ्राका गुम्बा संरक्षणमा सक्रियता बढ्यो

सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा

सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा

छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटो फिचर)

छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटो फिचर)

कपिलबस्तुमा अस्ताउंदो सुर्यलाई अर्घ दिई छठ मनाइयो (फोटो फिचर)

छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज