आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योदक्षिणायने ग्रीष्म ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ श्रावण २१ गते तद् अनुसार सन् २०२१ अगस्त ५ तारिख बिहीबार श्रावण कृष्णपक्ष द्वादशी तिथि आर्द्रा नक्षत्र हर्षण योग गर करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ ।
आजको राशिफल
मेष – समय शुभ र सफलतादायक छ । नयाँ सम्भावना देखापर्ने छ । आयमूलक काम बन्नेछ । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला ।
बृष – विवाद आदिदेखि सचेत रही अरुको भर नपरेर विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण ल्याउनुपर्ला । व्यापारमा सफलता मिल्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर रहनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला ।
मिथुन – अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । रोकिएको धन उठ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनु पर्ला ।
कर्कट – व्यस्तता बढ्नेछ । बढी परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । जोखिममा नपर्नु उचित होला । रसरागमा रुचि बढ्ला । आफ्नै बलविवेकले काम बन्नेछ ।
सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । मित्रजन र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा बिघ्नबाधाको डर रहला । मिठो भोजन मिल्नेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला । मिठो भोजन मिल्नेछ ।
धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । मित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।
कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।