आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ श्रावण २६ गते मंगलबार तद्अनुसार सन् २०२१ अगस्त १० तारिख श्रावण शुक्लपक्ष द्वितीया तिथि मघा नक्षत्र १०ः५४ पर पूर्वाफाल्गुणी नक्षत्र परिघ योग बालब करण २ः२६ पर तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ ।
आजको राशिफल
मेष – आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता उच्च रहनेछ । उत्साह थपिनेछ । ऐश्वर्य बढ्ला । उन्नति पदोन्नति हुनेछ । धनसम्पत्ति मान महत्व ऐश्वर्य अभिवृद्धि हुनेछन् । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ ।
बृष – उन्नति हुनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ ।
मिथुन – जोखिममा नपर्दा बेस होला । खर्च हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । स्वास्थ्य र नियमकानुनलाई ध्यानमा राख्नु पर्ला । लापर्वाही नगरी काम गर्नु उचित होला ।
कर्कट – विलासमा रुचि बढ्ला । अन्नधन बढ्नेछ । सुख समृद्धि वृद्धि हुनेछ । भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला ।
सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूदमा आकर्षण बढ्ला । उन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।
तुला – दौडधुप हुनेछ । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । सुख आनन्द बढ्ला । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा परक कार्य बन्ला तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नुहोला ।
धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनु हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । पराक्रम वृद्धि होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।