Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीको प्रश्न : नेपाली जनताले जान्न चाहेको छ प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?

Author Avatar साझा न्यूज 10th August 2021 , 3:39 PM
ओलीको प्रश्न : नेपाली जनताले जान्न चाहेको छ प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे यो संयुक्त सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख नभएकाले एमसीसी के गर्नुहुन्छ जनताले जान्न चाहेको बताएका हुन्।

‘अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नु भएको थियो। एमसीसीको बारेमा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो, मैले देखिन यताकतै।’ उनले प्रश्न गरे,‘नेपाली जनताले जान्न चाहेको छ प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?’

आफूले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउने भन्दै प्रश्न गरेका छन्। उनले आफूलाई गाली गर्ने अनि फेरि वातावरण बनाउन खोज्ने ? एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरे। १६५ सांसद देउवाको पक्षमा भएको बताउँदै ओलीले सबल जथ्थाले के भन्छ एमसीसी पास गर्ने कि फेल गर्ने स्पष्ट पार्न आग्रह गरे। उनले एमसीसीबारेमा सरकारको यो हो नीति भनेर ठोकेर भन्न देउवालाई सुझाव दिए।

लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन सक्दैन सरकार सरकारमा जस्केलाबाट छिरेपनि सबैंतिर जस्केलाबाट नछिर्न ओलीले आग्रह गरे। उनले न्यूनतम साझा कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको धारणा राखे। उनले लिपुलेक, लिम्पियाधूरा, कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन नसकेको भन्दै प्रश्न गरेका छन्। उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा लिम्पियाधूरा, लिपुलेक, कालापानी भनेको समस्या हो भनेर राखेकोमा आपत्ति जनाउँदै यो हाम्रो पवित्र भूमी भएकाले स्पष्ट रुपमा हाम्रो भूमि फिर्ता लिन्छौ भन्नुपर्ने धारणा राखे।

‘फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनुस् हामी छौँ । लिम्पियाधुरा फिर्ता ल्याउँछु भन्न किन सक्दैन सरकार ।’सीमाको सम्बन्धमा ओलीले थपे,‘कति साह्रो डराएको यो सरकार ? जिब्रो पनि रगत आइसकेको होला चपाउँदा चपाउँदा !’

असाधारण जनमत साथ फेरिपनि प्रधानमन्त्री हुन्छुओलीले फेरि असाधारण जनमत साथ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। उनले आफू परमादेशबाट नभई जनादेशबाट प्रधानमन्त्री भएको स्पष्ट पारे।

उनले भने, ‘म यो देश र यस देशको जनताको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु। म प्रधानमन्त्री हुन जन्मिएको होइन काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ। ६४ वर्षको उमेरसम्म त प्रधानमन्त्री थिइनँ, भइयो। मैले त्यसबेला भनेको थिएँ म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिडिँबाट होइन, भेन्टिलेसनबाट होइन । म मुल ढोकाबाट, मूल बाटो, मूल गेटबाट आउनेछु, फेरिपनि सुनिराख्नु भएहुन्छ ।’ उनले भने, ‘पहिलेपनि मैले भनेको थिएँ। फेरि पनि सुनिराख्नु भएहुन्छ, असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।’असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।

उनले देउवालाई संकेत गर्दै आफूलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री नबनाए धारणा राखे। उनले भने,‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन। मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो।’ उनले नेपाली जनताको विश्वासको मतले आफू प्रधानमन्त्री बनेको बताए। ओलीले जाली मुद्धा जितेर प्रधानमन्त्री नभएको स्पष्ट पारे।

संसद् पुनर्स्थापना पछि प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले पहिलो पटक सम्बोधन गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज