Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन् : रामनारायण बिडारी


प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन् : रामनारायण बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको उल्लेख गरे ।

सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे ।

उनले भने–‘प्रधानमन्त्री भइसकेको मान्छेले संसदमा बोल्ने सैद्धान्तिक कुरा के हो ?एउटा विधी शास्त्रीय,संसदीय कुरा के हो ?नेपाल के गरे विकास हुन्छ ?मैले कति गरेँ अब कति गर्नुपर्छ ?आदि कुरा चाहिन्थ्यो । तर प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो मायाजालको कुरामै अलमलिए । प्रचण्ड मायाजालमा पर्नुभयो । यदी प्रचण्ड ओलीको मायाजालमा नपरेको भए ओलीजी यो संविधान जारी भएपछि कहिल्यैपनि प्रधानमन्त्री बन्नुहुँदैनथ्यो । यो ठोकुवा हो ।’

उनले देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे ।

उनले केपी ओलीको चक्रव्यूहबाट संसद जोगिएको बताए । उनले नेपालको संविधानलाई मृत्यु शैयामा पु¥याउन लागेको बेला संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए ।

सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे ।

उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जिकिर गरे । उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइज्जत गरेको समेत दावी गरे ।

उनले भने–‘शब्दकोषमा भएको त्यो राजनेता शब्दको बेइज्जत गर्नु हुन्छ ?ए चर्चामा आएको हुनाले राजनेता भए ?बिरोधीले बिरोध गरेको हुनाले राजनेता भए,सडक सडकमा चर्चा भयो अनि राजनेता भए,सदनमा पनि चर्चा भयो अनि राजनेता भए भन्ने ?चर्चाले राजनेता हुन्छ ?बोकाशोको खुब चर्चा भयो,दादा इदि अमिनको खुब चर्चा भयो । हिटलर मुसोलिनीको खुब चर्चा भयो । पृथ्वीमा आजपनि ति राजनेता हुन् त ?’

सांसद विडारीले एमाले अध्यक्ष ओलीले नेकपा नामको पार्टी तहसनहस पारेको उल्लेख गर्र्दै संसदले तिम्रो लागि बहुमत छैन भन्दा भन्दैपनि म प्रधानमन्त्री पद छोड्दै छोड्दिन भनेर अड्डी कसेर पृथ्वीमा कतै नभएको काम गरेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (फैसलाको पूर्णपाठसहित)

गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (फैसलाको पूर्णपाठसहित)

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको परीक्षण हुन्छः प्रवक्ता महत

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको परीक्षण हुन्छः प्रवक्ता महत

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट नै  हुन्छ : जनार्दन शर्मा

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट नै हुन्छ : जनार्दन शर्मा

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना  निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

भर्खरै प्रकाशित

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि