Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विकृतिबाट न्यायालय पनि अछुतो रहेन श्रीमान् !

Author Avatar साझा न्यूज 16th August 2021 , 2:40 PM
विकृतिबाट न्यायालय पनि अछुतो रहेन श्रीमान् !

(प्रधानन्यायाधीशलाई चिठी)

कपिलवस्तुस्थित वाणगंगा नगरपालिका ८ मा पर्ने वाणगंगा नदीको बहावक्षेत्र रहेको ६२ बिघा सार्वजनिक जग्गा केही व्यक्तिको कब्जामा छ । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको उक्त बहुमूल्य जग्गा दलीय संरक्षण पाएका व्यक्तिको पहुँचमा छ । तीमध्ये केही व्यक्ति व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरिसकेका र केही वर्तमान प्रतिनिधिसभामा सदस्य पनि छन् । उनीहरूको पहुँच अस्वाभाकिक तरिकाबाट न्यालयसम्म रहेको हो कि भन्ने आभाष हुन्छ ।

प्रधानन्यायाधीश ज्यू,

न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नुभएको बारे विभिन्न सञ्चारमाध्यममार्फत जानकारी पाइयो । पछिल्ला दिनमा न्यायपालिकामाथि शङ्का गरिएका अनेक तर्क-वितर्क व्यवस्थापिका संसद्मै हुने गरेका छन् । सायद त्यही प्रवृत्तिका विरुद्ध तपाईंको चिन्ता हुनुपर्छ भन्ने बुझ्न बाध्य छौँ । साथै, न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसमा दोष दिन नहुने तर्कसमेत तपाईंले गर्नुभएको समाचार पढियो । नेपाल कानुन व्यवसायी परिषद्ले गत बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा तपाईंको यस्तो अभिव्यक्ति सार्वजनिक भएको रहेछ । न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ रहँदैन भन्दै अखबारमा छापिएका तपाईंको अभिव्यक्ति यस्तो छ- ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ र, समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ । अथवा, न्यायपालिकालाई दोष दिनु हुँदैन र महत्व पनि दिनु हुन्न । यो आफै महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्गनिर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरू राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरू यसैअन्तर्गत पर्दछन् । …’

श्याम क्षेत्री
कपिलवस्तु

तपाईंको चिन्ता र चिन्तनमा नागरिकका भरोसा पनि छ । तपाईंले राजा ज्ञानेन्द्रको परिवारको सम्पत्ति-मुद्धामा होस् वा संसद् पुनःस्थापना गराएको सवालमा नागरिकको असीम विश्वास छ । त्यसैमाथि अझ न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा गत वर्ष साउनमा गठन गर्नुभएको न्यायालयभित्रका विकृतिको अध्ययन समिति र हालै सार्वजनिक गरिएको प्रतिवेदनले तथ्यलाई उजागर गराउनुमा तपाईंको उल्लेख्य भूमिका छ । समाजको समस्या न्यायालयसम्म कसरी आइपुग्छन् भन्ने तथ्य सार्वजनिक प्रतिवेदनबाट जानकारी हुन आएको छ । ती समस्याका बारेमा संवेदनशील हुनुपर्ने अवस्था छ । हुन त देश राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको अवस्था छ । राजनीति नसुध्रिएसम्म तपाईंजस्ता न्यायमूर्तिको प्रयास समुद्रमा घडाको पानी सावित हुने हो । तथापि नागरिकको विश्वास र आशाको सञ्चार तपाईंजस्ता न्यायमूर्तिको कदमले सञ्चार गराएको जानकारी गराउन चाहन्छु ।

प्रधानन्यायाधीश ज्यू,
न्यायालयमा एउटा सिद्धान्त एवम् मान्यताको खुब रटान लगाइन्छ, त्यो हो- न्यायालयका कामकारवाहीविरुद्ध आवाज उठाउन पाइने छैन ! तर पनि अति भएपछि नउठाएरै बस्न सक्ने अवस्था पनि रहँदैन, जसरी तपाईं न्यायलयकाविरुद्धका आवाजलाई जवाफ दिन बाध्य हुनुभयो । वर्तमान न्यायधीश श्रीमान् ईश्वरप्रसाद खतिवडाले ०७६ असोज ३ गते संविधान दिवसकै दिन होटल हिमालयमा आयोजित संविधान कार्यान्वयन विषयक विचार गोष्ठीमा ‘अदालतका काम-कारवाहीप्रति मिडियाले आवाज उठाउन पाउनुपर्छ, तर त्यसको मर्यादालाई ख्याल राखेर मात्र’ भन्ने विचार अभिव्यक्त गर्नुभएको थियो । त्यसैले श्रीमान् खतिवडाको उक्त भनाइलाई आधार मानेर यो विषय उठान गर्न फेरि अनुमति चाहन्छु । देशका न्यायालय कसरी दलालहरूको कब्जामा छ, भन्ने कुराको जानकारी गराऔँ । यो केवल दृष्टान्तका लागि प्रतिनिधिमूलक घटना मात्र हो ।

कपिलवस्तुस्थित वाणगंगा नगरपालिका-८ मा पर्ने वाणगंगा नदीको बहावक्षेत्र रहेको ६२ बिघा सार्वजनिक जग्गा केही व्यक्तिको कब्जामा छ । उक्त जग्गा करोडौँ मूल्यबराबरको छ । राजमार्गसँग जोडिएको छ । नदी बहावक्षेत्र भएकोले उत्खनन गरेर बालुवा-ढुंगा निकासी गरेर व्यापार चल्दै आएको छ । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको उक्त बहुमूल्य जग्गा दलीय संरक्षण पाएका व्यक्तिको पहुँचमा छ । तीमध्ये केही व्यक्ति व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरिसकेका र केही वर्तमान प्रतिनिधिसभामा सदस्य पनि छन् । उनीहरूको पहुँच अस्वाभाकिक तरिकाबाट न्यालयसम्म रहेको हो कि भन्ने आभाष हुन्छ ।

जिल्ला मालपोत कार्यलयको श्रेस्तामा जग्गा ०२६ सालमा नदीको बहावक्षेत्र रहेको स्पष्ट देखिन्छ । जग्गा ०३६ सालमा मालपोतका कर्मचारीसँगको मिलोमतोमा लालपुर्जा बनाएको भए पनि जग्गा खरिदबिक्री हुँदै आयो । नदीको बहावक्षेत्रमा भएकोले उत्खनन रोक्न उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७१ सालमा जिल्ला मालपोत कार्यलयमा सरकारीकरण गर्न सिफारिस गरेको थियो । मालपोत कार्यलयले अख्तियारको सिफारिसअनुसार कारबाही गर्दै व्यक्तिको नामबाट लगत कट्टा गरेर सरकारीकरण पनि गरिदियो । उनीहरूको पहुँचका कारण अख्तियारको निर्णयसमेत निस्तेज छ । उनीहरूले अख्तियारविरुद्ध सर्वोच्च अदालतमा शरण माग गर्दै आएका छन् ।

उनीहरूले सर्वोच्चमा मुद्दा रहेको कारण देखाएर अहिले पनि आफ्नो भोगाधिकार गर्दै आएका छन् । उनीहरूको तर्क छ, सर्वोच्च अदालतमा विचाराधीन रहेकोले त्यसको स्वामित्व आफ्नो रहेको दाबी गर्दै आएका छन् । उनीहरूको तर्क र अदालतले गरेको ढिलाइले त्यस क्षेत्रका नागरिकलाई न्यायालयप्रति शंका उत्पन्न भएको छ । प्रमाणसहित अख्तियारले कारबाही चलाएको भए पनि उनीहरूको अभियोजनले अख्तियार कारबाहीलाई निस्तेज तुल्याएको छ । सर्वोच्चमा ०७१ माघ १४ मा दायर गरिएको रिटमा अहिलेसम्म सुनुवाइ र फैसला नहुनुलाई के भन्ने ? अहिले त कोरोना महामारी देखाएर पहुँचका आधारमा फाइल नै मुल्तवीमा राखिएको सुनिँदैछ ।

अहिलेसम्म अदालतले उक्त मुद्दामा पटक-पटक पेसी तोकिए पनि फैसला नहुँदा त्यसको भोगचलन गर्दै नदीजन्य पर्दाथ उत्खनन गरेर उनीहरूले व्यापारलाई निरन्तरता दिँदै आएका छन् । अहिले बन्दाबन्दीकै जस्तो अवस्था भए पनि रातीको समयमा उक्त क्षेत्रबाट उत्खनन र संकलन जारी छ ।

क्रसर सञ्चालकले ‘अदालतमा मुद्दा भएको उक्त जग्गामा आफ्नो स्वामित्व रहेको जवाफ दिँदै स्थानीय र प्रदेश सरकारलाई समेत नाजवाफ गराउन सफल छन् । उनीहरूको दाबी सर्वोच्चले फैसला नगरुञ्जेल जग्गा लालपुर्जा भएका व्यक्तिकै ठहर्नेछ । त्यसमाथि अझ स्थानीय जनप्रतिनिधिको भागवण्डापछि अरुले सवाल उठान गर्नै नसक्ने अवस्था छ ।

उक्त क्षेत्रबाट बालुवा, ढुंगा निकासी गर्दै अहिले पनि वार्षिक करोडौँ रूपैयाँको व्यापार भइरहेको छ । उक्त स्थानमा क्रसर उद्योग समेत सञ्चालनमा छन् । उनीहरूको पहुँचको कुरा माथि नै पनि आइसकेको छ । तपाईं स्वयम् पनि त्यसमा जानकार नै हुनुहोला । उनीहरूको दोहनका विरुद्ध जिल्लामा कसैले आवाज उठाउन सक्ने अवस्था छैन ।

स्थानीय स्तरमा उनीहरूको पहुँच मात्र नभएर दबदबा छ । केही महिनाअघि प्रदेश २ मा क्रसर उद्योगीले एक युवकको हत्या टिप्परले किचेर गराए । यदि यहाँ पनि त्यसरी नै कसैले विरोध ग¥यो भने ती युवकको नियति यहाँका अरूले भोग्नु नपर्ला भन्न सकिँदैन । न्यायालयसम्म त्यस्ता तत्वको सहज पहुँचले त्यस प्रकृतिका हत्याहिंसाको वृद्धि भएको भन्नु अतिशयोक्ति नठहरिएला ।

व्यवसायीले आफ्नो पहुँच सङ्घीय सरकारसम्म रहेको बताउँदै आएका छन् । साथै सर्वोच्चमा विचाराधीन रहेको जग्गा मुद्दा उनीहरूलाई हात्तीको देखाउने दाँत जस्तै भएको छ । कतिसम्म भने उक्त जग्गा बैंक धितोमा राखेर करोडौँ रुपैयाँ ऋणसमेत निकालेको जानकारी हुन आएको छ । उक्त पैसा अन्यत्र लगानी गरिएको छ । यतिबेला कोभिड-१९ बाट व्यापार व्यावसाय टाट पल्टिएको भन्दै व्यावासायीले सरकारसँग ब्याज र किस्ता छुट मागिरहेका छन् । त्यसै अन्तर्गत उक्त जग्गा धितोमा राखेर निकालिएको ऋणको ब्याजमा उनीहरूले छुट पाउने निश्चित जस्तै भएको छ । अर्कातिर त्यही समूहले उक्त नदीको ढुंगा गिट्टीको निकासीको ठेक्का अहिले पनि हत्याएको छ ।

प्रधानन्यायाधीश ज्यू,
अख्तियारविरुद्ध सर्वोच्चमा परेको रिटको फैसलामा ढिलाइ हुनुले नागरिकले नियतवश ढिलाइ भएको भनेर बुझिरहेका छन् । त्यसबाट बुझ्न सकिन्छ भ्रष्टाचारको संगठित अपराधको जालो कहाँसम्म र कसरी फैलिएको छ भन्ने ! एकातिर राज्यको सम्पत्तिको अनाधिकारिक दुरुपयोग, अर्कातिर त्यही सम्पत्तिबाट राज्यको सेवा र सुविधाको दुरुपयोग । त्यसले समाजमा हिंसाको संस्कृति मौलाएको छ । समाजमा सुषुप्त हिंसाको पक्षपोषणमा सत्य र न्यायको पक्षमा वकालत गर्ने न्याय क्षेत्र कसरी दुरुपयोग भैरहेको छ भन्नका लागि योभन्दा दुरुस्त दृष्टान्त के हुन सक्ला ? यस्तो विषम परिस्थितिमा सामान्य नागरिकले संविधानको मर्मलाई कसरी अनुभूत गर्ने ?

उल्लेखित मुद्दा ०७१ सालदेखि अहिलेसम्म सर्वोच्चबाट फैसला हुन सकेको छैन । कारण उनीहरूको सरकार र न्यायालयसम्मको पहुँच कायम छ । त्यसले गर्दा फैसलामा ढिलाइ भएको हो भनेर बुझ्न कुनै प्रमाण जुटाइरहन नपर्ला । स्थानीय जनप्रनिधि बोल्न समेत मान्दैनन् । नदीको जग्गा अतिक्रमण भएको स्थलगत निरीक्षण गर्ने जो-कोहीले अनुमान गर्न सक्छ ।

अख्तियारले गरेको निर्णयसमेत निस्तेज गराउन सक्नु भनेको कानुन हातमा लिनु हो । उक्त जग्गालाई नदी क्षेत्र कायम गर्न नसकिएकोमा स्थानीय बासिन्दाको दुखेसो छ ।

प्रदेशको सरकारअन्तर्गतको सार्वजनिक लेखा समितिले समेत उक्त स्थान राजमार्ग र नदीकिनारमा रहेकोले उत्खनन गर्नु मापदण्डविपरीत रहेको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । तर व्यवसायीले आफ्नो पहुँच सङ्घीय सरकारसम्म रहेको बताउँदै आएका छन् । साथै सर्वोच्चमा विचाराधीन रहेको जग्गा मुद्दा उनीहरूलाई हात्तीको देखाउने दाँत जस्तै भएको छ ।

नागरिक समाजको सशक्त अगुवा भनिएको पत्रकार महासङ्घले त्यस्ता विषयमा स्थानीयलाई साथ-सहयोग गर्नुको साटो भागविलो खोजेर त्यही नदीकिनारमा अनावश्यक रूपमा भवन बनाइएको छ । उक्त सन्दर्भमा महासङ्घले नदी कब्जा गर्ने समूहका पक्षपोषकहरूसँग सहयोग लिएको जानकारी हुन आएको छ ।

पत्रकारितामा ‘नो फुड, नो मेल, नो टिकट’ सिद्धान्त अपनाएर पत्रकारिता गर्नुपर्छ भनेर पढाइने गरेको भए पनि त्यसको विरुद्ध सिद्धान्तलाई धज्जी उडाउन खोजिँदै छ । त्यही भवनमा नयाँ पुस्ताका पत्रकारलाई आचारसंहिता र पत्रकारिताको प्रशिक्षण चलाइने महासङ्घ पदाधिकारीले स्पष्टीकरण दिइरहेका छन् ।

समाजका कस्ता पत्रकार उत्पादन हुने होलान् ? जिज्ञासा भएको छ । गलत कामको साक्षी बन्ने पत्रकारको छाता सङ्गठनले कस्ता सवाल उठान गर्ला ? अर्को जिज्ञासा जागेको छ ।

यस्तो अवस्थामा समाजले कसरी निष्पक्ष पत्रकारिता र न्याय अनुभूत गर्ने ? गान्धीले भनेका छन्- ‘जहाँ न्यायालय, प्रहरी र पत्रकारको स्वार्थ मिल्छ, त्यहाँ समाज निरीह हुन पुग्छ ।’ उक्त सन्दर्भ यतिबेला देशभरि नै सान्दर्भिक हुन पुगे पनि वास्तविकता कपिलवस्तुमा दुरुस्त भइरहेको छ ।

प्रधानन्यायाधीश ज्यू,
आफ्ना अगाडिको सत्य द्रव्यमा विनिमय भयो भने नागरिकमा सम्मानित संस्थाप्रति कठोर निराशा बढेर जानेछ । नागरिकको निराशा हिंसामा परिणत भएका कतिपय उदाहरण छन् । त्यसैले उक्त परिणाम आउनबाट बचाउन पनि नागरिकले मिडियामार्फत् यस्ता विषय उठान गर्न आवश्यक छ भन्ने लागेर यो पत्र लेखिएको हो । यस्ता विषयको उठानलाई अन्यथा नबुझी नागरिकको अभिव्यक्ति र कार्यशैलीप्रतिको ‘फिडब्याक’ भनेर बुझिदिनुहुनेछ ।

– श्याम क्षेत्री
कपिलवस्तु, हाल :जापान

-घटनाा र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज