काठमाडौँ। काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालका १९ वर्षीय शोविक आदक रहेका छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शोविकको झोलाबाट उक्त रकम बरामद गरिएको हो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
















































