Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामूहिक बलात्कारका आरोपी पक्राउ


मोरङमा भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका म्याग्दी पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पीडितले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कारसम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।”

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टीकाटिप्पणी, युुट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरू भागेपछि चुनौती देखिए पनि आधुनिक विधि र प्रविधिको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताउनुभयो ।

मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच वर्ष कैद सजाय हुने कानुन छ ।

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् । प्रवेश र प्रकाश सहोदर दाजुभाइ हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दसैँ मनाउनका लागि अभिभावकसँग पुख्र्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए हतियारको राजनीति गर्ने धम्की

अश्लील हर्कत गरेर चर्चामा आएका वडाध्यक्षले दिए हतियारको राजनीति गर्ने धम्की

धरानका उपप्रमुख बेघाको भाइमाथि खुकुरी प्रहार

धरानका उपप्रमुख बेघाको भाइमाथि खुकुरी प्रहार

नागरिक विना बर्दीको प्रहरी हुन् ः प्रहरी उपरिक्षक पौडेल

नागरिक विना बर्दीको प्रहरी हुन् ः प्रहरी उपरिक्षक पौडेल

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

चार दिनदेखि बेपत्ता सेनानी पण्डितको अवस्था अझै अज्ञात

चार दिनदेखि बेपत्ता सेनानी पण्डितको अवस्था अझै अज्ञात

भर्खरै प्रकाशित

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

नियम विपरित कुदान क्षेत्रमा लुम्विनी विकास कोषले गेट निर्माण गर्दै

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज