आजको पञ्चाङ्ग
श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष ८ गते बुधबार तद्अनुसार सन् २०२१ नोभेम्बर २४ तारिख मार्गशीर्ष कृष्णपक्ष पञ्चमी तिथि पुनर्वसु नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा ७ः३० बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित फलदायक रहनेछ । नजिकका मित्रबाट सहयोग मिल्न सक्नेछ । वैवाहिक जीवन खुशी होला । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।
वृष – दिन शुभ र लाभदायक रहला । अप्रत्यासित लाभ हुनेछ । मन शान्त रहनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मिथुन – ब्यर्थको खर्च होला । समय राम्रो भए पनि विवाद बढ्न सक्छ । यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।
कर्कट – प्रेममा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष सवल बन्नेछ । धनलाभको योग छ । दिन खुशीमा बित्नेछ । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । भागदौड जारी रहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बल विवेकले काम गर्नु हीतकर होला ।
सिंह – समय मिश्रितदायक रहनेछ । मित्रसुख रहनेछ । नयाँ कार्यको शुरुवात होला । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति जीत होला । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।
कन्या – कामहरु सजिलै बन्नेछन् । ब्यापारबाट लाभ होला । मनोरञ्जनपूर्ण दिन हुनेछ । मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ ।
तुला – रोगले सताउन सक्छ । अरुको भर पर्दा काममा धोका हुन सक्छ । अरुको भर नपरी आफ्नै बलबिबेकले कार्य गर्नु उचित रहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – आर्थिक लेनदेनमा राम्रो छैन, ठूलो सहयोगको आशा देखाउनेले धोका दिन सक्छन् । प्रेममा सफलता मिल्नेछ । विवादमा नपर्नु हीतकर होला । आरोग्यता बढ्ला । जीवनसाथी र आफन्तको सहयोग मिल्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु – घरायशी कार्यमा दिन बित्न सक्छ । आर्जनको बाटो खुल्नेछ । सन्तानसुख मिल्नेछ । धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हीतकर रहला ।
मकर – आशा उत्साह बढ्ला । कार्यमा जोश र जाँगर पबढ्नेछ । दिन राम्रो रहनेछ । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।
कुम्भ – पेशागत रुपमा समस्या पैदा हुन सक्छ । विवादको सामना गर्नुपर्ला । प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।
मीन – सामाजिक कार्यबाट प्रशंसा मिल्ला । नयाँ कार्यको शुरुवात भने खास राम्रो छैन । धन यश मान पद प्रतिष्ठा बढ्ला । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।