आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२१ दिसम्बर ८ तारिख बुधबार मार्गशीर्ष शुक्लपक्ष पञ्चमी तिथि श्रवण नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ । विवाह पञ्चमी, जनकपुरमा सीताविवाह पञ्चमी मेला, षडानन्द जयन्ती ।
आजको राशिफल
मेष – आत्मीय जनसँग भेटघाट होला । दोधारको अवस्था सिर्जना हुन सक्छ । उन्नति हुनेछ । पारिवारिक सुख बढ्ला । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला ।
वृष – भौतिक सामानमा गडबडी आउन सक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने हुँदा बोलीमा नियन्त्रण राख्नुहोला । धन यश मान महत्व आरोग्यता बढ्नेछन् । शुभ र भाग्यवद्र्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शारीरिक रआर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – नयाँ कामको प्रस्ताव आउनेछ । व्यस्तता र आँट उत्साह बढ्ला । आम्दानीको श्रोत बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बढ्नेछ ।
कर्कट – रमाइलो जमघट होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । उन्नति हुनेछ । अन्नधन बढ्नेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – समस्याले झमेला खडा हुन सक्छ, तथापि बौद्धिक जमातको ध्यान तान्न सक्नुहुनेछ । आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – जटिल काम सम्पादन हुनेछ । उत्साह बढ्ला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – प्रशंसकहरू बढ्नेछन् । उपहार प्राप्त होला । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – शरीरमा उत्साह बढ्ला । स्वास्थ्य सबल रहला । धन आर्जन होला । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – प्रतिष्पर्धामा विजय प्राप्त होला । विभिन्न उपहार प्राप्त होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – टाढिएका आफन्तहरू नजिकिने छन् । सहयोगीहरूले साथ दिनेछन् । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसंगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – दौडधुपमा समय बित्नेछ । टाढाको यात्राको सम्भावना छ, अनावश्यक यात्राबाट जोगिनु उपयुक्त हुनेछ । बोलीको प्रभाव बढ्ला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































