२७ मंसिर, धनगढी । कैलालीकाे लम्किचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालकाे हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेकाहरूलाई धराैटीमा रिहा गरेकाे भन्दै आफन्त र परिवारजनले जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् ।
पीडित पक्षले साेमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् । जिल्ला अदालत अगाडि अहिले उनीहरू नाराबाजी गरिरहेका छन् ।