सागर वि.क.
कपिलवस्तु, पुस ३
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाणगंगा नगरकार्यसमितिले पार्टीको भर्खरै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित हुनुभएका केन्द्रिय सदस्य ध्रुब रायमाझिलाई सम्मान गरेको छ । आज शनिबार (राप्रपा) बाणगंगा नगरकार्यसमितिले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिले हालै सम्पन्न पार्टीको एकता महाधिवेशबाट युवाहरुको बहुल्यता आएको र बिचार, सिद्धान्त र नयाँ नेतृत्वबाट नयाँ जोस प्राप्त भएको दाबी गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रिय सदस्य रायमाझिले निकट भविष्यमा पार्टि नयाँ ढङ्गले अगाडि बढेर जनताको विश्वास प्राप्त गर्दै फटको मार्ने बताउनुभयो । उहाँले सम्पूर्ण पार्टी पङ्त्तिलाई थप उत्साहका साथ पार्टि संगठन निर्माणमा लाग्न निर्देशन समेत दिनुभएको छ ।
उक्त कार्यक्रममा विभिन्न महत्वपूर्णमा निर्णय समेत गरिएको छ । अबदेखि महिनाको पहिलो शनिबार नियमित बैठक गर्ने, पुस १० गते भित्र नगर कार्यसमितिको पार्टी कार्यालय खोल्ने, संक्रिय सदस्यता बढाउँने र नगर कार्यसमिति निकट भविष्यमा जिल्ला र प्रदेशसंग समन्वय गरि पार्टीका केन्द्रिय अध्यक्षलाई आमन्त्रण गर्ने निर्णय भएको नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका संक्रिय नेताहरु प्रकाश भुसाल, राम बहादुर थारु र रामु शर्मा लगायतले नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझिलाई बधाई दिदै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो । राप्रपा बाणगंगाका नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षता तथा सचिव नबराज घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।