Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

Author Avatar साझा न्यूज 23rd December 2021 , 3:33 PM
कांग्रेसको मतगणना सकिँदै, पहिलो बैठक शनिबार

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना सकिँदैछ । गएको मंसिर २४ गतेदेखि काठमाडौँमा शुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि चुनाव भएको ११औँ दिन आज मतगणना सकिन लागेको हो । मतदान लगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।

मतगणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस आर्य, आदिवासी जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेको छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र सहमहामन्त्री ८ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित १३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दलिततर्फ केन्द्रीय सदस्यमा ९मध्ये ८ देउवा पक्षका विजयी
समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा ५ र महिलामा ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मत भने अझै सार्वजनिक गरेको छैन । खुला केन्द्रीय सदस्यमा मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् । स्नेहीबाहेक सबै संस्थापन समूहका उम्मेदवार हुन् । त्यस्तै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित सबै नयाँ अनुहार हुन् ।

दलिततर्फ चार महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । शान्ति र रुपा केन्द्रीय सदस्यमा नयाँ अनुहार हुन् । महिलातर्फ निर्वाचित चारै जना संस्थापन समूहका उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज