काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सकिएको छ । दिउँसो तीन बजे पुनः बस्नेगरी बैठक सकिएको हो । ष्ट्रिय सम्मेनलबारे छलफल गर्न बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
शुक्रबार बिहान बसेको बैठकमा प्रचण्डले संक्षिप्तरूपमा प्रतिवेदन वाचन गरेर पेस गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि दिउँसो तीन बजे बसेर पुनः छलफल हुनेछ ।
नेकपा मसालबाट विद्रोह गरेको समूह र नेकपा माओवादीबाट विद्रोह गरेको प्रभात चलाउनेको समूह माओवादी केन्द्रमा समाहित हुने कार्यक्रम रहेकोले केहीबेर बैठक स्थगित गरिएको छ । माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन गर्दै छ ।
















































